Comments Add Comment

डोटीका प्रमुख तीन दलबाट उम्मेदवार सिफारिस, को–को परे ?

२६ असोज, डोटी । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि डोटीका तीन ठूला दलले एक सय २१ जनाको नाम सिफारिस गरेका छन । तीनवटै दलबाट प्रतिनिधिसभाका लागि ३० र प्रदेशसभाका लागि ९१ जना उम्मेदवारहरुको नाम सिफारिस भएको हो ।

प्रतिनिधिसभामा को–को ?

नेपाली कांग्रेस डोटीले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले वहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर, संसाद् भरत खड्का, पूर्व विधायक यज्ञराज पाठकसहित टेक राज ओझा, पुष्पकुमार शाही र प्रसिस महरा रहेका छन् । त्यस्तै समानुपातिकतर्फ पूर्व राज्यमन्त्री भक्तबहादुर वलायर, सांसद् कल्पना सोप र अन्य ५ जनाको सिफारिस भएका छन ।

एमाले डोटीले प्रतिनिधिसभाका लागि सांसद प्रेमबहादुर आलेमगर, पूर्वसभासद् हर्कबहादुर सिंह र अधिवक्ता शंकरदीप मडको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ पूर्वसांसद् मोहन बम्, महिला नेतृ पूर्णा जोशीलगायत १० जनाको नाम सिफारिस भएको छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ त्रिलोेचन भट्ट, सिद्धराज भाट र प्रेम नेपालीको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फका लागि जंग बिक ‘शैलेन्द्र’ को नाम सिफारिस भएको छ ।

प्रदेश सभामा को–को ?

प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लाबाट कांग्रेसले क्षेत्र १ का लागि प्रत्यक्षतर्फ लक्ष्मण खड्का, रामबहादुर रोकाया, धनश्याम दत्त पाठक, नर बहादुर ढाँट, भरतबहादुर कठायत, नरेन्द्रबहादुर सिंह, जितबहादुर खड्का, रामप्रसाद उपाध्याय, ललितबहादुर बलायर, सुशील घर्ती, भरत कठायत र धर्मराज जोशी गरी १२ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र २ का लागि योगेन्द्रबहादुर शाही, भुमिराज बडु, प्रदीपकुमार देउवा, लक्ष्मीराज पाठक, पदमराज जोशी, पदमबहादुर रावत, दीर्धबहादुर बम (रघुराजा), गोरखबहादुर बिष्ट (आनन्द), दुर्गाप्रसाद फुलारा, हर्कबहादुर देउवा, दिलबहादुर बमको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ दुवै क्षेत्रबाट गरी २६ जनाको नाम सिफारिस भएको छ ।

त्यस्तै एमालेको तर्फबाट प्रदेश सभा क्षेत्र १ का लागि पार्टी जिल्ला अध्यक्ष चक्र बहादुर मल्ल, लक्ष्मण मलासी र नैनबहादुर खड्काको नाम सिफारिस गरेको छ । क्षेत्र २ का लागि सांसद गौरी ओलीसंगै भोजनाथ योगी र पदम भट्टको नाम सिफारिस भएको छ । प्रदेशसभा समानुपातिकतर्फ दुवै क्षेत्र गरी १७ जनाको नाम सिफारिस गरिएको छ ।

माओवादी केन्द्रले प्रदेशसभा क्षेत्र १ का लागि जर्नादन जोशी, भरत बोहरा ‘सेवक’ र भक्तबहादुर सिंहको नाम पठाएको छ ।

क्षेत्र २ मा शिवसिंह ओली, मिनबहादुर घर्ती, प्रेम कुँवर प्रख्यात र प्रेमा ओलीको नाम सिफारिसमा परेको छ ।

नेकपा माओवादी केन्द्रले प्रदेश सभा समानुपातिकका लागि क्षेत्र १ बाट सञ्जा रोकाया र क्षेत्र २ बाट सिद्धराज बिक ‘विश्वप्रकाश’ लाई सिफारिस गरि पठाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment