Comments Add Comment

कांग्रेस, एमाले र फोरम लोकतान्त्रिकले रुपन्देहीमा सिफारिस गरे उम्मेदवार

अन्य दल गृहकार्यमा

२६ असोज, भैरहवा । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि विभिन्न दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरेका छन् ।

५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा केही दलले उम्मेदवारहरुको नामावली सिफारिस गरिसकेका छन् भने केही दलले सिफारिस गर्ने गृहकार्य गरिरहेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आगामी प्रतिनिधि र प्रदेशको निर्वाचनका लागि जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

एमाले जिल्ला कमिटीको बैठकले प्रतिनिधी र प्रदेश चुनावका लागि उम्मेदवार सिफारिश गरेको हो ।

एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीका अनुसार रुपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा घनश्याम भुसाल, छविलाल विश्वकर्मा, राधा ज्ञवाली, लिला गिरी र मिना पाण्डेको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रत्यक्षतर्फ प्रदेशसभाका लागि क्षेत्र नम्बर १ क बाट सिद्धिचरण भट्टराई, निलकण्ठ पौडेल, ध्रुव खरेल, सुनील कौशल, कृष्ण न्यौपानेको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर १ ख बाट यज्ञ गैरेको नाममा सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पार्टीका उपमहासचिव विष्णु पौडेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि क्षेत्र नम्बर २ को ‘क’ बाट गोपाल भट्टराई, गोपाल राना र ‘ख’ बाट बाबुराम भट्टराई, भोजप्रसाद श्रेष्ठ, नन्दीकेशर ढकाल, गुरुप्रसाद शर्मा र विमला पन्थीको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी, जिल्लाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ घनश्याम भुसाल, विजय पौडेल र पुष्पान्जली उपाध्यायको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ भने प्रदेश सभाका लागि क्षेत्र नम्बर ३ ‘क’ बाट रामप्रसाद बस्याल, भरत पोखरेल र ज्ञानदेव हटुवाल तथा ‘ख’ बाट श्याम खरेल, जीवलाल अर्याल, डिला अर्यालको नाम सिफारिस गरिएको छ ।

बैठकले क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ विद्याञ्चल यादव र गंगा ठठेरको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर ४ ‘क’ बाट प्रत्यक्षतर्फ पल्लवी सुब्बाका नाम सिफारिस गरिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ खिमलाल भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि क्षेत्र नम्बर ५ ‘क’ बाट भूमिश्वर ढकाल, मिनप्रसाद घिमिरे, ज्ञानकुमारी बेल्बासेको नाम सिफारिस गरिएको छ । बैठकले सबै समुदायको प्रतिनिधित्व हुने गरी समानुपातिक उम्मेदवारको नाम पनि सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस रुपन्देहीले प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ ।

दुई दिनसम्म चलेको पार्टी जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट पार्टी जिल्ला सभापति तथा खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक गद्दी, २ बाट महासमिति सदस्य युवराज गिरी, नेता खेलराज पाण्डे, र गोकर्ण पौडेल, ३ बाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री रामकृष्ण ताम्राकार, ४ बाट महासमिति सदस्य अष्टभुजा पाठक र प्रमोद यादव तथा ५ बाट भरतकुमार शाहको नाम केन्द्रमा सिफारिस गरेको छ ।

प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक र प्रतिनिधि सभाको समानुपातिकका लागि २ सय जना भन्दा बढीको नाम सिफारिस गरिएको छ ।
यस्तै फोरम लोकतान्त्रिकले प्रदेश सभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ को ‘क’ बाट जीवन चौधरी, ३ को ‘क’ बाट अमितकुमार गुप्ता, ४ को ‘क’ बाट मुस्लिम खाँ र ‘ख’ बाट हरिशचन्द्र सैथवारको नाम सर्वसम्वत सिफारिस गरेको पार्टीले जनाएको छ ।

राजपा र नेकपा माओवादी केन्द्रले उम्मेदवारको नामवली सिफारिस गर्ने गृहकार्यमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment