Comments Add Comment

ब्रिज द ग्याबले नेपालमा बनायो स्कूल, सिड्नीमा खुसियाली

सिड्नी । अस्ट्रेलियामा क्रियाशील नेपालीहरुको सामाजिक सँस्था ब्रिज द ग्याबले नेपालको लमजुङ जिल्लामा भूकम्पबाट भत्केको बिद्यालय भवन निर्माण गरेको छ ।

अस्ट्रेलियामा स्वयामसेवक परिचालन, सामाजिक कार्यक्रम तथा सहयोगी सँस्था सँगको सहकार्यमा झन्डै ५० हजार अस्ट्रेलियन डलरमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

लमजुङको शारदा निम्न माध्यमिक बिद्यालयको भवन निर्माण लगायत मर्मतका काममा ब्रिज द ग्याबले स्थानीय क्यान्टबरी चर्च , द श्रेष्ठ वेलफेयर सोसाइटी , स्पुर इन्जिनीअरिंग र अस्ट्रेलिया को चर्चित यूनिभार्सिटी अफ न्यू साउथ वेल्सका प्राज्ञहरुको सहकार्यमा गरेको थियो ।

भूकम्पबाट क्षतबिक्षत् भएको उक्त विद्यालयका भिन्न संरचना निर्माण तथा मर्मतका लागि यो सवयमबी सँस्थाले अर्थ संकलनका विभिन्न उपाय अपनाएको थियो ।

जसमा गत वर्षको दशैंका बेला नेपालबाट लोकप्रिय हास्य कलाकार मनोज गजुरेल तथा गायिका इन्दिरा जोशीलार्इ उक्त सँस्थाले सिड्नी बोलाएको थियो ।

उनीहरु को उपस्थितिमा भएको साँस्कृतिक कार्यक्रमबाट १७ हजार भन्दा बढी अस्ट्रेलियन डलर जम्मा भएको उक्त सँस्थाद्वारा जारी बक्तब्यमा उल्लेख छ ।

रकम संकलनका लागि उक्त सँस्थाका स्वयमसे वकहरुले अस्फिल्डको बन्निंगमा दिउँसोको खाजाहरु बेचेका थिए । जहाँबाट उनीहरुले २० हजार अस्ट्रेलियन डलर संकलन गरे ।  त्यस्तै स्थानीय क्यान्टबरी चर्चले आफ्नो लभ नेपाल कार्यक्रम अन्तर्गत १२ जहार बढी रकम उक्त सँस्थालार्इ प्रदान गर्यो ।

बक्तव्यमा सबैतिर बाट ४९ हजार ५ सय १३ अस्ट्रेलियन डलर जम्मा भएको र उक्त रकमबाट नेपालमा समाजसेवी कामहरु गरिएको हो ।

सोही सँस्थाले गत वर्ष ७० जना गरिब परिवारका विद्यार्थीलार्इ आर्थिक सहयोग , भूकम्पपछि स्वास्थ्य शिबिर संचालन , राजधानी काठमान्डू को आकाशगंगा स्कूलमा पुस्तकालय का लागि रकम प्रदान गरेको थियो ।

आफ्ना स्वयमसेवक तथा सदस्यहरुलाई प्रत्येक वर्ष दशैँ तथा तिहारका अवसरमा मनोरन्जनात्मक कार्यक्रम पनि गर्दै आएको उक्त सँस्थाले यो वर्ष निःशुल्क रात्रि भोजसहित नाचगानको आयोजना गर्यो ।

झन्डै दुर्इ सय सहभागी उक्त कार्यक्रममा सँस्थाका प्रमुख सल्लाहकार असोसियेट प्रोफेसर डा. कृष्णकुमार श्रेठले आफूले प्रतिबद्दता गरे अनुसार नेपालमा समाजसेवी काम गरिरहेकाले सबै सदस्य तथा स्वयमसेवकहरुलाई बधाई दिए ।

स्थानीय सेन्ट जर्ज नेपाली कम्यूनिटीका बालबालिकाहरुको सुन्दर नृत्यसँगै सिड्नीका स्थापितसँगै उपस्थित सबै राति अबेरसम्म नाचगानमा रमाएका थिए ।

उक्त सँस्थाले गत शनिबार आयोजना गरेको उक्त कार्यक्रमसँगै अर्को वर्षका लागि नयाँ नेतृत्व तथा कार्यक्रम पनि सार्बजनिक गरेको छ ।

जसमा आगामी वर्ष नेपालको पाल्पामा स्वास्थ्य केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । नयाँ नेतृत्वमा सुजिता प्रधान चयन भएकी छन् ।

उपाध्यक्षमा कुशल श्रेष्ठ र प्रकाश के.सी , सचिवमा निर्मल अधिकारी, कोषाध्यक्षमा सुरक्षा त्रिपाठी , युबा संयोजकमा आयाम श्रेष्ठ तथा सदस्यमा अन्जना सिंह श्रेष्ठ , बिमल ढकाल , पवन जोशी , रमिता श्रेष्ठ , सरु श्रेष्ठ , बिकास प्रधान , बिक्रम खरेल र सुशान्त श्रेष्ठ रहेका छन् ।

यो सँस्थाले असोसियेट प्रोफेसर डा. कृष्ण कुमार श्रेष्ठ , सँस्थाका निवर्तमान अध्यक्ष शिव श्रेष्ठ र पत्रकार मनऋषि धिताललार्इ सल्लाहकारमा चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment