Comments Add Comment

प्रेम चर्चाले श्रृष्टी र सौगातलाई घाटै घाटा


केही दिन अगाडि नायक सौगात मल्ल आफ्नी प्रेमिका नायिका श्रृष्टी श्रेष्ठलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा पुगेको तस्बिर भाइरल भयो । सौगात मल्ल र श्रृष्टीको प्रेम केही महिनायता खुबै गहिरो बनेको छ । तर, यी दुइको प्रेमको खबर मिडियामा धेरै आउँदा दुबैको करिअर पनि ओरालो लागेको कुरालाई नकार्न सकिदैन ।

हलमा चलचित्र हेर्न जाँदा होस् या श्रृष्टीको चलचित्रको छायांकनमा नै किन नहोस्, सौगात एकसाथ हुन्छन् । चलचित्र ‘लाउरे’को छायांकनका क्रममा पनि सौगात श्रृष्टीसँगै धरानमा रहेको चर्चा मिडियामा नचलेको होइन ।

केही महिना अगाडि त श्रृष्टीले हातको नशा नै काटेको खबर सार्वजनिक भएको थियो । हुनत, दराज लडेर श्रृष्टीको हात भाच्चिएको सौगातले मिडियालाई बताएपनि घटना रहस्यमै रहेको चर्चा चल्यो ।

यी र यस्ता हल्लाले सौगात र श्रृष्टी दुबैको करिअर ओरालो लागेको देखिन्छ । चलचित्र भन्दा प्रेमको कुराले बढी रंगिदा न त यसले सौगातलाई फाइदा गरेको छ न त श्रृष्टीलाई नै ।

चलचित्र ‘गाजलु’बाट राम्रै चर्चा पाएकी श्रृष्टीमाथि चलचित्र क्षेत्रले नै ठूलो आशा राखेको थियो । तर, श्रृष्टीको चलचित्र यात्रा त्यती सुखद देखिएको छैन । यता, सौगातको क्रेज पनि पछिल्लो समयमा कमजोर हुँदै गएको छ । प्रेमलाई धेरै हल्ला गर्दै गसिपमा रमाउँदा धेरै नायक-नायिकाको क्रेज ध्वस्त भएको उदाहरण चलचित्र क्षेत्रमा प्रशस्त छन् ।

चलचित्रकर्मीहरु सौगात र श्रृष्टी दुबैले काम भन्दा प्रेममा बढी ध्यान दिएकाले क्रेज कमजोर भएको बताउँछन् । अब, सौगात र श्रृष्टीले प्रेमसँगै करिअरमा पनि ध्यान दिने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment