सोमबार, २५ मंसिर, २०७४
OnlineKhabar.com

राइनासमा प्याराग्लाइडिङ परीक्षण शुरु

अनलाइनखबर


२६ असोज, बेंसीशहर, लमजुङ । ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण शुरु गरिएको छ । एक नेपालीसहित पाँच विदेशी पर्यटकले आज राइनासकोटबाट सफल परीक्षण गरेका हुन् ।

प्याराग्लाइडिङ गरेका छमध्ये तीन जनाले चेपे नदी किनारमा तथा तीन जनाले लमजुङको सुन्दर बजार र गोरखाको लिगलिगका भूभाग घुमेर राइनासकोटमै अवतरण गरेका थिए ।

राइनासकोटमा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट लाक्पा शेर्पाले बताउनुभयो । मनोरम दृष्य र सुरक्षित अवतरणको अवस्था निकै राम्रो पाइएको शेर्पाको भनाइ छ । पर्यटन व्यवसायी कृष्णराज ओलियाले प्याराग्लाइडिङलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय पोखराबाट प्याराग्लाइड विस्थापन हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजी भइरहेका बेला राइनासकोटको सम्भाव्यताले व्यावसायिक प्याराग्लाइड गर्नेहरु उत्साहित भएका छन् ।

आज सफल परीक्षण गरेको टोलीले सोही ठाउँबाट तीन दिनसम्म प्याराग्लाइडिङ गर्ने जनाइएको छ । टोलीमा एक नेपालीसहित पाँच फ्रान्सेली छन् ।

२०७४ असोज २६ गते १८:४९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this