Comments Add Comment

विद्युत्तीय पैसा बनाउने कारखानामा प्रहरी छापा

२७ असोज, काठमाडौं । संसारमा सबैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महँगो र विकसित देशहरुमा बढी प्रचलनमा रहेको विद्युत्तीय मुद्रा बिटक्वाइनको उत्पादन पनि विकसित देशहरुमै हुने अनुमान अधिकांशको हुन्छ । तर, नेपालमा प्रतिबन्धित बिटक्वाइनको उत्पादन दोलखाको दुर्गम गाउँ किर्नेटारमा हुने गरेको खुलेको छ ।

बिटक्वाइनको कारोबार गर्दै आएका प्रशान्तप्रताप शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत्त आयोजनाको पावरहाउसनजिकै बिटक्वाइन समेत उत्पादन गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पत्ता लगाएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

शाहलाई गत साता बिटक्वाइन र अन्य विद्युत्तीय मुद्राको उत्पादन र कारोबार गरेको आरोपमा सीआईबीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment