सोमबार, २५ मंसिर, २०७४
OnlineKhabar.com

मन्त्री नै चलाउँछिन् मेनपावर

मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर

अनलाइनखबर

२७ असोज, काठमाडौं । नेपालमा मेनपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन । उच्च तहका राजनीतिक र प्रशासनिक नेतृत्वसँग पहुँचका आधारमा धेरैले चलाइरहेको मेनपावर व्यवसायमा बहालवाला मन्त्रीसमेत सामेल भएको नयाँ तथ्य फेला परेको छ ।

उच्च पदको आडमा मेनपावर चलाउने व्यक्तिले सरकारी नीति, नियमलाई खुलमखुल्ला धज्जी उडाइरहेका छन् । मेनपावर व्यवसायमा उच्च तहका व्यक्तिको संलग्नता खुल्ने क्रममा वन तथा भूसंरक्षण राज्यमन्त्री कमलादेवी शर्माले मेनपावर सञ्चालन गरिरहेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्रीसमेत रहेकी शर्माले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि मेनपावरको जिम्मेवारी छाडेकी छैनन् । बरु उनले पदको आडमा वैदेशिक रोजगार विभागले तोकेको जरिवाना तिर्न अटेरी गरिरहेकी छन् ।

तीन वर्षअघि श्रम तथा रोजगार मन्त्रालयद्वारा खाडीका ६ मुलुक र मलेसिया जाने कामदारको हकमा सुरु गरिएको निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन भए/नभएको जान्न विभागले माग गरेको विवरण नबुझाउनेमा पहुँचवाला व्यक्तिकै मेनपावर बढी छ । आजको नागरिक दैनिकमा खबर छ ।

२०७४ असोज २७ गते ६:१९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this