Comments Add Comment

हङकङद्वारा नेपालसामू १९५ रनको लक्ष्य पेश

२७ असोज, काठमाडाैं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा हङकङले नेपालसामू १९५ रनको बिजय लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

मिशन रोड ग्राउण्ड मोङ ककमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रनको योगफल बनाएको थियो ।

चौथो ओभरको चौथो बलमा करण केसीको बलमा हङकङका ओपनर अंशुमन रथ खाता नखोली पेविलियन फर्किएसँगै उसको विकेट पतन सुरु भएको थियो ।

सुस्त गतिमा रन बनाएको हङकङले ११औं ओभरको पाचौं बलमा ३५ रन बनाउँदा दोस्रो विकेट गुमायो । उसका कप्तान बाबर हायत २९ रनको व्यक्तिगत स्कोरमा दिपेन्द्र सिंह ऐरीको हातबाट रनआउटको शिकार भए ।

हङकङको तेस्रो विकेट युवा स्पिनर सन्दिप लामिछानेले लिए । १७.४ ओभरमा हङकङले ७० रन बनाउँदा अनुभवी ब्याट्सम्यान निजाकात खानलाई १२ रनको व्यक्तिगत स्कोरमा सन्दिपले विकेटकिपर बिनोद भण्डारीको हातबाट स्टम्पिङ गराए ।

मध्यम ओभरमा दुई स्पिनरहरु बसन्त रेग्मी र सन्दिप लामिछानेको स्पेल निक्कै प्रभावकारी देखियो । हङकङले पाँच ओभरको बीचमा चार विकेट गुमाउँदा मात्र ११ रन टिमको खातामा जोडियो ।

२९.३ ओभरमा टिमको स्कोर १०८ रन हुँदा वाकाश खान १४ रनको स्कोरमा बसन्त रेग्मीको बलमा आउट भए ।, ३०.४ ओभरमा साहिद वाासिफ १ रनमै सन्दिप लामिछानेको बलमा एलबीडब्ल्यू आउट भए ।, ३३.१ ओभरमा इशान खान बसन्तको बलमा खाता खोल्नै नपाइ पेविलियन फर्किए भने ३४.२ ओभरमा अइजाज खान पनि शुन्य रनमै सन्दिपको बलमा कट एट बल भए ।

४१औं ओभरको चौथो बलमा नेपालले हङकङका ओपनर अत्किन्सनलाई ७६ रनको व्यक्तिगत स्कोरमा सुशान भारीको बलमार्फत एलबीडब्ल्यूको शिकार बनायो । ११७ बलको सामना गरेका उनले ९ चौका र १ छक्काको सहयोगमा ७६ रनको शानदार पारी खेलेका थिए ।

१४४ रन हुँदा आठौं विकेट गुमाएको हङकङका लागि तान्वीर अफजल र इशान नावाजले नवौं विकेटका लागि ३८ रनको ठोष साझेदारी गरे । ४७.४ ओभरमा करण केसीको बलमा सागर पुनबाट ब्याच आउट हुनुअघि अफजलले ३ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २/२ तथा सुशान भारीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment