+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

विष्फोटक पदार्थ नपाउँदा आधा दर्जन सडक निर्माण अलपत्र

सेनाले विष्फोटक पदार्थ नदिँदा निर्माण अड्कियोः सडक विभाग

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २७ गते १०:१७

२७ असोज, काठमाडौं । सडक विभागले सडक निर्माणका क्रममा कडा चट्टान फोर्न आवश्यक पर्ने विष्फोटक पदार्थ सेनासँग मागेको तीन वर्ष बित्यो । तर, नेपाली सेनाले उपलब्ध गराउन सकेको छैन ।

सोही कारण विभिन्न ठाउँमा सडक निर्माण अड्किएको छ ।

आधा दर्जनभन्दा बढी सडक निर्माण अड्किएको सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ठूलो मात्रामा विष्फोटक पदार्थको आवश्यकता छ ।

उत्तरी भेगमा सडक निर्माण क्रममा कडा चट्टानहरु रहेको र त्यस्ता स्थानमा मेसिनले चट्टान फोड्न नसकिने थापाको भनाइ छ ।

बाँकेको जमुनहाबाट हुम्लाको सिमिकोट हुँदै चीन सीमावर्ती हिल्सा जोड्ने ६ सय ८२ किलोमिटरको कर्णाली राजमार्गको अहिलेसम्म ८३ किमि ट्रयाक खोलिएको छ । उक्त सडक निर्माण क्रममा विभिन्न स्थानमा कडा चट्टान देखिएका छन् । तिनलाई पन्छाउन विष्फोटक पदार्थ आवश्यक छ ।

यस्तै, कालीगण्डकी र कोशी करिडोरमा पनि विभिन्न स्थानमा कडा चट्टान देखिएका छन् ।

कान्ती राजपथको दुई किमि खुलाउन बाँकी

यस्तै, काठमाडौंदेखि हेटौंडा जोड्ने ९० किमिको कान्ती राजपथको काम पनि विष्फोटक पदार्थ नहुँदा रोकिएको छ । हालसम्म ८८ किमिको ट्रयाक खुलिसकेको छ । बाँकी दुई किमिमा ट्रयाक तयार पार्न कडा चट्टान अवरोधका रुपमा देखिएको छ ।

विभागका उपमहानिर्देशक थापाका अनुसार विभिन्न स्थानमा सयदेखि दुई सय मिटरसम्म कडा चट्टानका कारण सडक फराकिलो पार्न सकिएको छैन ।

कान्ती राजपथ खुलेको भए हाल मुग्लिन-नारायणगढ सडकको अवरोधका कारण मुलुकभरबाट राजधानी आउजाउ प्रभावित हुने थिएन । र, मुग्लिन-नारायणगढ सडक विस्तार पनि सहज ढंगले अगाडि बढ्थ्यो ।

हाल काठमाडौंबाट बाहिरिने बीपी राजमार्ग र काठमाडौं-सिस्नेरी-हेटौंडा सडकमा ठूला सवारी साधन चलाउन मिल्दैन । बढी भारवहन क्षमताका सवारी साधनलाई मुग्लिन-नारायणगढ सडकको विकल्प छैन ।

उक्त सडक विस्तारका लागि पनि विष्फोटक पदार्थ आवश्यक छ । यसअघि मेसिनबाटै उक्त सडक विस्तार गर्ने सरकारी योजना थियो । तर, त्यसको जिम्मा पाएका कम्पनीहरुले कडा चट्टान फोर्न विस्फोटक पदार्थबाट मात्र सम्भव रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?