+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कृष्ण पहाडी भन्छन्-नियोजित अराजकता सुरु भो, सरकार विस्तार अवैधानिक छ

'६४ सदस्यीय मन्त्रिमण्डल इतिहासकै कलंक'

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २७ गते १९:०३

२७ असोज, काठमाडौं । गणतन्त्रवादी एवं मानवअधिकारवादी नेता कृष्ण पहाडीले कमल थापालाई उपप्रधानमन्त्री बनाएर सरकारले नियोजित अराजकता सुरु गरेको प्रतिक्रिया दिएका छन् । निर्वाचन आचारसंहिता विपरीत गरिएको सरकार विस्तार अवैधानिक कदम भएको पहाडीको भनाइ छ ।

‘यो नियोजित अराजकताको सुरुवात हो, ६४ सदस्यीय सरकार विस्तार इतिहासकै कलंक हो, पहाडीले अनलाइनखबरसँग भने-‘यसरी सरकार विस्तार गरिने निर्वाचन आचारसंहिताको मात्रै उल्लंघन नभएर अवैधानिक कदम पनि हो ।’

कमल थापालाई विनाविभागीय उपप्रधानमन्त्री बनाएर गृहमन्त्री बनाउन लागिएको भन्दै पहाडीले थापालाई गृहमन्त्री बनाउने योजनाभित्र निर्वाचन नगराउने षयन्त्र लुकेको बताए । उनले भने- ‘प्रधानमन्त्री देउवाको यो कदमले निर्वाचन नहुने सम्भावना बढाएको छ, म सरकारको यो अराजक कदमको निन्दा गर्दछु ।’

सरकारले एकपछि अर्को गर्दै चुनाव नगराउने षड्यन्त्र गरिरहेको भन्दै यसविरुद्ध मानवअधिकार तथा शान्ति समाज विविध कार्यक्रमसहित सडकमा उत्रिने पहाडीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?