+
+

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हमाल

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ असोज २८ गते १९:०७


२८ असोज, बुटवल । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा खिमबहादुर हमाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतपरिणाम अनुसार संघमा २ जना सदस्य बाहेक हमालको प्यानल नै विजयी भएको हो ।

मत परिणामअनुसार अध्यक्षमा हमाल ८ सय ६५ मत सहित बिजयी भए । उनका प्रतिद्वन्द्वी कृष्णकुमार श्रेष्ठले ६ सय ७५ मत ल्याए । हमाल र श्रेष्ठको मतान्तर १९० छ । हमाल लोकतान्त्रिक प्यानलबाट र श्रेष्ठ बामगठबन्धनबाट मैदानमा थिए । शनिबार सम्पन्न मतपरिणाम अनुसार २ जना सदस्य बाहेक हमाल नेतृत्वको प्यानल नै बिजयी भएको हो ।

२५ सदस्यिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उज्ववल प्रसाद कसजु ८५०, उद्योग उपाध्यक्षमा अनिलकुमार श्रेष्ठ ८९९ , वाणिज्य उपाध्यक्षमा हरि प्रसाद अर्याल ९०४ , महासचिवमा दिनेश प्रसाद श्रेष्ठ ९२१, कोषाध्यक्षमा बिमलराज भट्टराई १ हजार ४८ र सचिवमा कमल प्रसाद पौडेल ९८३ मत सहित बिजयी भएका छन् ।

लोकतान्त्रिक प्यानलबाट हमाल र बाम (कम्युनिष्ट) प्यानलबाट कृष्ण कुमार श्रेष्ठ प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए ।

एक हजार ९ सय ९९ मतदाता रहेकोमा निर्वाचनमा एक हजार ५ सय ८३ मत खसेको थियो । मत परिणाम घोषणा भएलगत्तै नवनिवार्चिचत अध्यक्ष हमालले सबै व्यवसायीहरुलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताएका छन् ।

एसोसिएट सदस्यमा नविन प्रसाद श्रेष्ठ (नवराज) ८४८ विजयी भए कार्य समिती सदस्य उद्योगतर्फ गोपाल टण्डन ७८५ , करुण खनाल ७६८, निर्मित कसजु ७५३, र सञ्जय कलवार ६९५ विजयी भए । कार्य समिती सदस्य बाणिज्यतर्फ मनोज ध्वजु ८५६, मुक्ति अधिकारी ८३६, नरिश्वर पौडेल ८५३, र टंक प्रसाद गैरे ८९६ विजयी भए ।

महिला सदस्यमा भने धनकुमारी खनाल ७४२,मिनाप्रधान ८१६ ल्याएर बिजयी बने । त्यस्तै खुल्ला सदस्यहरुमा बावुराम बिक ८२८, भेषराज गैरे ८२६, प्रकाशकुमार श्रेष्ठ ६३८ ,प्रतिक पोखरेल ७०१, शुक्रप्रसाद बस्याल ६५२ ,बाम गठबन्धनबाट सुरज भट्टराई ७२१ र मञ्जु भुसाल ६६४ विजयी भएको भएकोे प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।
कार्यकाल ३ बर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?