Comments Add Comment

आमा बनेपछि फेरिएकी रेजिना


नायिका रेजिना उप्रेती सार्वजनिक कार्यक्रममा खासै देखिन्नन् । बिहे गरेपछि सार्वजनिक कार्यक्रममा उपस्थित हुन निकै कम गरेकी रेजिना छोरीलाई जन्म दिएपछि त झनै विरलै देखिन थालेकी छिन् ।

कुनै समय नेपाली चलचित्र क्षेत्रमा चर्चित रहेकी रेजिना अहिले चलचित्र क्षेत्रबाट हराए जस्तै छिन् । तर, छोरीलाई जन्म दिएको केही समयपछि उनले आफूलाई फेरि पहिलेकै अवतारमा ल्याउन खोजेको देखिएको छ । काठमाण्डौमा केही दिन अगाडि आयोजना भएको ‘पाँचौ इनास अवार्ड’मा रेजिना पुगेकी थिइन् । कालो पहिरनमा रेजिना स्लिम देखिइन् ।

नायिकाहरु सन्तानलाई जन्म दिएपछि आफ्नो शरीरलाई मेन्टेनमा राख्न निकै कोशिश गर्छन् । रेजिना पनि अहिले त्यही दौडमा लागेकी छिन् ।
तस्बिरः कमल प्रसाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment