Comments Add Comment

फेसबुकमार्फत् पार्सल आउँदैछ ? प्रहरीलाई खबर गर्नोस् !

३० असोज, काठमाडौं । मोरङको सुन्दर हरैंचाका ४५ वर्षीय प्रदीप सुब्बाको पैसा कमाउने तरिका सजिलो थियो । उनी एकजना बेलायती नागरिकका नाममा फेसबुक आइडी बनाउँथे र नेपालीहरुलाई बेलायतबाट पार्सल आएको छ भन्दै पैसा कमाउँथे । यसैगरी उनले करोडौं रुपैयाँ उठाए ।

तपाईका नाममा आएको पार्सल भारतको राजस्व कार्यालयमा कर तिर्न बाँकी रहेकाले अड्किएको छ भन्दै सुब्बाले विभिन्न व्यक्तिहरुबाट आइएमईमार्फत करोडौं रुपैयाँ उठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विभिन्न व्यक्तिलाई आइएमईमा पैसा पठाउन लगाई ठगी गरेको आरोपमा मोरङको उर्लाबारी घर भई काठमाडौंको बालुवाखानी बस्ने पवन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी भोजपुर हतुवागढीका सन्तोष बस्नेत पनि बालुवाखानीबाटै पक्राउ परेका छन् ।

पक्राउ परेका न्यौपाने र बस्नेतको वयानका आरधारमा प्रहरीले ठगी काण्डका मुख्य योजनाकार प्रदीप सुब्बालाई झापाको काँडकभिट्टाबाट पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुले भरत कार्की, सीमा गुरुङ, सुनीमाया गुरुङ, हिमा माझी, टंकमाया कार्की लगायतको नागरिकता राखेर आईएमई बाट पैसा निकालेको प्रहरीको भनाइ छ ।

ठगी धन्दामा संलग्नहरुले पार्सलबाट विभिन्न बहुमूल्य समान, बेलायती पाण्ड र अमेरिकी डलर आएको भन्दै ठगी गरेको प्रहरीले बताएको छ ।

फेसबुकमार्फत त्यसरी पार्सल आएको सन्देश कसैले प्राप्त गरेको भए तत्काल प्रहरीसमक्ष खबर गरिदिन प्रहरी अपराध अनुसन्धान कार्यालयले सर्वसाधारणलाई सुचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment