Comments Add Comment

भिडियोबाट निकेशलाई अवार्ड नै अवार्ड, ‘फाटेको जुत्ता’बाट के होला ?


म्यूजिक भिडियो निर्देशनमा निकेश खड्का सफल मानिन्छन् । निकेश खड्काले निर्देशन गरेका अधिकांश म्यूजिक भिडियो सफल छन् । यसैले, उनी देशका चर्चित गायक-गायिकादेखि मोडलहरुको रोजाइमा छन् ।

म्यूजिक भिडियो निर्देशन विधामा निकेशले यसै साता मात्र दुइवटा अवार्ड जिते । चितवनमा आयोजना भएको ‘कालिका एफ.एम म्यूजिक अवार्ड’ र काठमाण्डौमा आयोजना भएको ‘इमेज अवार्ड’मा निकेश उत्कृष्ट भिडियो निर्देशक ठहरिए ।

उनै निकेश अब चलचित्र निर्देशनमा पनि अब्बल बन्ने दौडमा छन् । उनले निर्देशन गरेको चलचित्र ‘फाटेको जुत्ता’ कात्तिक १७ गतेबाट रिलिज हुँदैछ । निकेश यो चलचित्रबाट पूर्ण रुपमा आशावादी देखिएका छन् । अघिल्लो चलचित्र ‘जिन्दगी रक्स’बाट निर्देशनमा असफल भएका निकेश ‘फाटेको जुत्ता’ले असफलताको ट्याग मेट्नेमा ढुक्क छन् ।

सौगात मल्ल, प्रियंका कार्की जस्ता कलाकार चलचित्रमा हुनु र कमेडी पाटोले दर्शकलाई चलचित्रमा होल्ड गरिराख्ने भएकाले पनि चलचित्र चल्नेमा उनी ढुक्क देखिए ।

भिडियोमा पाएको सफलतालाई निकेशले चलचित्रमा पनि अगाडि बढाउन सक्लान् त ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment