Comments Add Comment

विदेश पठाइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ

महेन्द्र गुरुङ र भाग्यमान तामाङ (वायाँबाट क्रमश:) ।

३१ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै बिभिन्न व्यक्तिहरुबाट ४१ लाख रुपैयाँ असुलेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको वुङताङ गाविस-७ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३९ वर्षीय भाग्यमान तामाङ र गोर्खाको मान्वो गाविस-९ घर भै हाल काठमाडौंको टोखा बस्ने ४१ वर्षीय महेन्द्र गुरुङ छन् ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतले २०७३ कात्तिक २२ गतेको ठगी मुद्दामा जनही २ वर्ष कैद र ८ लाख १७ हजार ९३३ रुपैयाँ जरीवाना तिराउने फैसला गरेको थियो । तर, उनीहरु फरार थिए । दुबै जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार काठमाडौंको धर्मस्थली र टोखाबाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा दुवै जनालाई अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको व्यूरोले जनाएको छ ।

भाग्यमान तामाङ र महेन्द्र गुरुङसहित तीन जना ब्यक्तिहरुले वैदेशिक रोजगारको लागि इजरायल, मकाउ र कोरिया समेतका देशमा आकर्षक तलब सुबिधामा पठाउने भन्दै ३२ जनाबाट सक्कल राहदानी लिई पटक-पटक गरी ४१ लाख रुपैयाँ असुलेका थिए । रकम बुझेपछि उनीहरु फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment