Comments Add Comment

राजनीतिले फेरी घटायो बजार, एफपीओ र लाभांशले ओरियण्टलमा आकर्षण


३१ असोज, काठमाडौं । सोमवार एकै दिन ४६ अंकले बढेको बजार दोस्रो दिन फेरी घट्ने क्रममा देखिएको छ ।

लामो अवधिसम्म घटेको बजारमा सुधार आएसँगै विक्री चाप बढेपछि बजार घट्न थालेको हो । त्यस्तै, सरकारबाट मन्त्री फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय, प्रदेश र संघको चुनाव सर्ने हल्लाले पनि सेयर बजार घट्न गएको हो ।

‘बजार बढ्न थालेपछि बिक्री गर्ने बढ्दै थिए, त्यही समयमा राजनीतिक घटनाक्रम फेरिएको खबरपछि लगानीकर्ताको मनोबल गिरेको हो,’ सेयर ब्रोकर सूचीता खनालले भनिन । माओवादी केन्द्रले भने सरकारबाट हट्ने निर्णय पुनः सच्याएको छ ।

तत्काल बजार उच्च दरमा नबढ्ने र प्रदेश तथा संघको निर्वाचन तोकिएको समयमा हुन सके त्यसपछि बजार २ सय अंक बढ्न सक्ने विश्लेषण यसअघि केहीले गर्दै आएका थिए ।

मंगलवार बजार करिब ६ अंकले घटेर १ हजार ५ सय ५९ विन्दुमा आइपुगेको छ । यस दिन ६१ करोड रुपैयाँको सेयर कारोबार भयो । यसदिन व्यापारमुलक, जलविद्युत् र ‘अन्य’ समूहको परिसूचकमा मात्र सुधार देखिएको छ ।

२४ प्रतिशत लाभांश र एफपीओ जारी गर्ने घोषणा गरेको ओरियण्टल होटलको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको ४ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment