१ कात्तिक, ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङबाट आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो लागेको छ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्र छन् ।
नेपाली कांग्रेस संसदीय समितिको हिजो बसेको बैठकले मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको हो ।
संघीय प्रतिनिधिसभाको प्रतिनिधिसभामा केशवप्रसाद दाहाल र प्रदेशसभाअन्तर्गत क्षेत्र नंबर १ मा लीलादेवी बोखिम र २ मा दीपेन्द्रकुमार सेन्दाङलाई उम्मेदवार बनाउने भएको छ ।
त्यस्तै नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनबाट प्रतिनिधिसभातर्फ एमालेका केन्द्रीय सचिव योगश भट्टराई साझा उम्मेदवारका रुपमा मैदानमा खडा हुँदैछन् ।
प्रदेश सभाका दुई क्षेत्र एमाले र माओवादीले बाँडेका छन् । १ मा एमाले जिल्ला कमिटी अध्यक्षसमेत रहेका बलबहादुर साम्सोहाङलाई उम्मेदवार बनाउने बताइए पनि निर्णय भने भएको छैन । पार्टीकाे भागमा परेको २ नम्बरको उम्मेदवार छनोटबारे माओवादी पनि छलफलमै रहेको बताइएको छ ।
प्रतिनिधिसभाको १ निर्वाचन क्षेत्र रहेको पाँचथरमा कांग्रेसले भीष्मराज आङ्दम्बे उठाउने निर्णय गरेको छ । प्रदेशसभाका लागि नरेन्द्रकुमार केरुङ र सुरेन्द्र दाहालको नाम छनोट भएको छ ।
प्रतिक्रिया 4