Comments Add Comment

घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म

१ कात्तिक, दाङ । घोराही उपमहानगरपालिकाले आज एक सय दिनको कार्य प्रगति सार्वजनिक गरेको छ । नगर प्रमुख नरुलाल चौधरीले उपमहानगरमा जनप्रतिनिधिहरु निर्वाचित भएपछि एक सय दिनमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

गल्ने र नगल्ने फोहरहरुको उचित व्यवस्थापनसँगै सौर्य ऊर्जा उत्पादनका लागि प्रकृया सुरु गरिएको, तुलसीपुर चोक आसपासका सडक व्यापारलाई स्थानान्तरण गरिएको, बजारको नियमित अनुगमन, मासु पसलमा सुधार, जेष्ठ नागरिकहरुको घरमै उपचारको कामलाई प्रमुख उपलब्धीकारुपमा लिएको नगर प्रमुख चौधरीले जानकारी दिए ।

यसैगरी स्मार्ट सिटीको नीति पारित भएको, औद्योगिक क्षेत्र घोषणा, हात्तीखर्क क्षेत्रमा कागतिका पाँच हजार बिरुवा रोपिएको, ५ विगाहमा अर्गानिक तरकारी खेतीको शुरुवात, सबै वडाहरुमा यातायात सञ्चालन, जेष्ठ नागरिकहरुलाई सम्मान, विपदमा परेकालाई तत्काल आर्थिक र खाद्यान्न सहयोगका कामहरु भएको नगर प्रमुख चौधरीले जानकारी दिए ।

साथै उपमहानगरको न्यायीक समितिले कार्य गरी अहिलेसम्म दर्ता भएका २५ मुद्दाहरुमध्ये ९ वटा फैसला र सिफारिस भएको, तुलसीपुर चोकमा वाईफाई सेवा शुरु गरिएको, बालमन्दिर, तुलसीपुर चोक र वीपी चोक नजिकै सार्वजनिक शौचालय निर्माणको प्रक्रिया सुरु गरिएको पनि उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिका प्रमुख चौधरीले पारित नीति तथा कार्यक्रमको कार्यान्वयनको चरणमै रहेको र केही कामको नतिजा समेत देखिएको बताए ।

यी हुन् १०० दिनको मुख्य-मुख्य काम

१. सेवा प्रवाह

  • कार्यसम्पादन, कार्य बिभाजन, कार्यपालिका बैठक संचालन, नगर सभा संचालन र स्वास्थ्य संस्था व्यस्थापन कार्यविधि पारित भइ संचालन गरिएको ।
  • विषयगत समिति गठन गरिएको ।
  • वडा कार्यालय स्थापना ।
  • समाजिक सुरक्षा भत्ता बैकिंग प्रणाली मार्फत वितरण गर्न प्रकिया अगाडी बढाएको ।
  • कर शाखामा डिजिटल टोकन प्रणाली लागु गर्ने निर्णय गरियो ।
  • अनलाइन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता सुरुवात गरिएको ।
  • न्यायिक समिति गठन भइ सेवा प्रवाह गरिएको अहिले सम्म २५ वटा दर्ता भइ ९ वटा सिफारिस तथा फैसला भएको ।
  • एकीकृत सम्पति कर लगायत अन्य कर अनलाइन बाट बिलिंग प्रणाली सुरुवात गरिएको ।
  • शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, घरेलु, महिला विकास लगायतका बिषयगत कर्यालयहरुको सेवा प्रवाह यसै कार्यालय बाट गर्ने गरेको ।

२. वातावरण, सरसफाई तथा फोहरमैला व्यवस्थापन

  • हरित नगर कार्यक्रम प्रवर्धन गर्नका लागि कार्यालय परिसर भित्र वृक्षारोपण कार्यक्रम गरिएको ।
  • पाक्षिक सरसफाई अभियानलाई संस्थागत गर्न  विभिन्न निकायको भूमिकालाई संयोजन गरिएको ।
  • फोहरमैला व्यवस्थापन प्रभावकारी बनाउन सवारी साधन खरिद प्रक्रिया अगाडि बढाएको ।
  • फोहरमैला व्यवस्थापन दिगो रुपमा समाधान गर्न गल्ने फोहरबाट बायो ग्यास निर्माण कार्य अगाडि बढाएको ।
  • सहरका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि प्रक्रिया अगाडि बढाएको ।
  • प्लाष्टिक मुक्त नगर बनाउन कार्यलय परिसर भित्र प्लाष्टिक झोला र नगरका सबै क्षेत्रमा प्लाष्टिक ग्लास प्रयोगमा कर्तिक १ देखि निषेध गरिएको ।
  • ल्यान्डफिल साईट व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि बजार क्षेत्रका सम्वन्धित वडा अध्यक्षलाई जिम्मेवारी दिई समाधान गरिएको ।
  • छाडा पशु चौपायालाई व्यवस्थापन ।
  • ५ वर्ष भित्र उपमहानगरपालिका निजी लगानीकर्ता र सर्वसाधारण घरधनीको संयुक्त लगानीमा प्रत्येक घरधुरीमा दुईवटा फोहर संकलन फोहरदानी कार्यन्वयनमा ल्याउन नीति पारित गरिएको ।
  • वडा नं. १८को हात्तिखर्कमा ५००० बिरुवा कागती रोपिएको तथा ५ बिघामा अर्गानिक तरकारी खेति सुरु ।
  • घोराही सिमेन्ट उद्द्योग र सरोकारवाला बीच छलफल गरि उद्द्योगबाट निस्कासन हुने प्रदुषण दुई महिना भित्र व्यवस्थापन गर्न सम्वन्धित उद्द्योगलाई निर्देशन गरिनुका साथै गोगली बिद्यालयमा उद्द्योगको तर्फबाट प्रदूषण मापन यन्त्र राख्ने सहमति गरिएको ।

३. स्वास्थ्य

  • नगर स्वास्थ्य कार्यक्रम मार्फत ८४ बर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा पूर्ण अपांगता भएकाहरुलाई आधारभुत स्वास्थ्य सेवा घरघरमा पुर्याएको ।
  • जन्मदर्ता अभियानलाई सार्थक बनाउन तथा महिलाको नियमित स्वास्थ्य परिक्षणका लागि नवजात शिशु जन्मेको ३५ दिन भित्रमा जन्मदर्ता गराएमा रु ५००को बचत खाता खोलि दिने कार्यको शुरुवात गरिएको छ ।
  • वडा नं. १३ कलमघारीमा शहरी स्वास्थ्य केन्द्रले आफ्नै भवनबाट सेवा सुरुवातको उद्घाटन ।
  • माषिक रुपमा ज्येष्ठ नागरिकहरुका लागि नियमित स्वास्थ्य परिक्षन्को सुरुवात गरिएको ।
  • क्यान्सर, मुटु, मृगौला, लगायतका दिर्घ रोगीहरुलाई आर्थिक’ सहयोग स्वरूप रु ५००० दिने निर्णय गरिएको ।

४.पूर्वाधार विकास

  • स्मार्ट सिटीको नीति पारित, अन्तरक्रिया, छलफल मार्फत गुरुयोजना बनाउने प्रक्रिया अगाडि बढाएको ।
  • वडा नं. ५ र ३ क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा ।
  • बराह क्षेत्र ज्यामिरे एकिकृत विकास परियोजना विस्तृत अध्ययन थालनी कार्यक्रम अन्तर्गत भू-संरक्षण र राष्ट्रपति चुरे मधेस संरक्षण समिति संग बाह्रकुने र ज्यामिरे दह क्षेत्रको स्थलगत निरीक्षण गरि कार्यक्रम थालनी गरिएको ।
  • वडा नं. १,२,३,४,५,६,७,१९ र साविक त्रिपुर नगरपालिका हाल वडा नं. ८,९,१०,११,१२ र १३मा निर्माण भएका पक्कि घरका संरचनालाई उपमहानगरपालिकामा अभिलेखीकरण गर्न कार्य लागु गर्ने निर्णय भएको ।
  • प्रत्येक वडामा बाटो सुधार गर्नका लागि रु ५०००००|००का दरले बजेट बिनियोजन गरि कार्य सम्पन्न गरेको ।
  • वडा नं. ५ धारापानीमा रहेको पाण्डेवस्वर महादेव मन्दिरको गुरुयोजनाको कार्य अगाडी बढेको ।
  • कार्यालय परिसर भित्र क्यान्टिन निर्माण प्रक्रिया सुरु गरिएको ।
  • सधन सहरी विकास कार्यक्रम अन्तर्गत पक्कि सडक निर्माणको लागि डिजाइन सर्भे सुरु गरिएको ।

५.विपद व्यवस्थापन

  • आगलागी, बाढी पहिरो, भूकम्पमा परेका पिडित’ परिवारलाई रु ५००० दिने निर्णय गरिएको ।
  • वडा नं. १४का शक्तिराम डाँगीको संयोजकत्वमा वातावरण तथा’ विपद व्यवस्थापन’ समिति गठन गरियो ।
  • वातावरण तथा’ विपद व्यवस्थापन समितिको अगुवाईमा र नगरप्रमुख/ उपप्रमुख को नेतृत्वमा नगर क्षेत्रमा वर्षा बाढी र पहिरोले पुर्याएको क्षेतिको बारेमा अनुगमन, राहत प्रदान ।
  • बाढीमा परेर मृत्यु भएका वडा नं. १२मा पेदा गाउँका ३३ वर्षीय निर्मला बाठा र वडा नं. ८ का रेशम डाँगीको परिवारलाई रु २५००० राहत दिइयो ।
  • घरमा आगलागी भएको वडा नं. ३ र ११का पिडित परिवारलाई खाद्यान्न सामग्री वितरण ।

६.बजार व्यस्थापन

  • वडा नं. १५ तुलसीपुर चोक आसपासका तरकारी तथा’ फलफूल व्यवसायीलार्इ घरेलु सिल्पकला केन्द्रको परिसरमा व्यवस्थापन गरिएको ।
  • सर्वाजनिक सेवा समितिको संयोजकत्वमा र नगर प्रमुख/ उपप्रमुखको नेतृत्वमा बजार अनुगमन गरिएको ।
  • वधशाला निर्माणका लागि बजेट बिनियोजन गरिएको ।

७.महिला, बालबालिका तथा खेलकुद

  • वादी समुदायका २० जना टुहुरा बालबालिकाहरुलाई एक-एक जोडा लुगा प्रदान गरिएको ।
  • बालभेला २०७४ पद्मोदय विद्यालयमा सम्पन्न गर्न सहयोग।
  • राष्ट्रिय स्तरको टि-२० क्रिकेट खेल संचालन गर्न रु ३०००००|०० सहयोग गर्ने निर्णय पूर्वाधार बिकासका लागि काम अगाडि बढाएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment