Comments Add Comment

चन्द्रागिरिवासीको प्रश्न-धुलो धुँवा अति भो, खाने कति हो ?

१ कात्तिक, काठमाडौं । कलंकी-नागढुंगा सडक निर्माण ढिलो हुँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयले निर्माण कार्य सम्पन्न गर्न ध्यानाकर्षण गराएका छन् ।

तीन वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको सडकको काम अझै सम्पन्न नहुँदा बल्खु पुलदेखि कलंकीसम्मका नागरिकलाई सास्ती भएपछि र्‍यालीसहित ध्यानाकर्षण गराएका हुन् ।

चन्द्रागिरि नगरपालिका-१५ मा पर्ने निर्माणाधिन सडकका कारण धुलोले जनजीवन अस्तव्यस्त बन्न थालेपछि बुधबार राष्ट्रिय स्वबलम्बन समाज थानकोट र चन्द्रागिरि नगरपालिका-१५ तीनथानाका नागरिक समाजको आयोजनामा विभिन्न संघसंस्था र नागरिकहरुको उपस्थितिमा सडक निर्माण कार्य छिटो सम्पन्न गर्न दवाव दिइएको हो ।

मिनि बस सेवा संघको सहयोगमा आयोजना गरिएको कार्यक्रममा नागरिकहरुले ‘धुलो धुँवा अति भो, खाने कति हो’ भन्दै सरोकारवालालाई प्रश्न गरेका थिए ।

बिरोध कार्यक्रममा ‘धुलो धुँवा अति भो, जनस्वास्थ्यमा क्षति भो’, ‘सरकार आफ्नै मस्तिमा, जनता धुँवा धुलोको सास्तीमा’, ‘धुलोको असर, दम, टिबी र क्यान्सर, ‘खबरदार सरकार, मौलिक हकको अधिकार’ लेखिएका ब्यानर, प्लेकार्ड र नारा प्रदर्शन गरिएको थियो ।

कलंकी-नागढुंगा सडक निर्माण कार्य ३ वर्षदेखि सुरु भएपनि अहिले सडक अस्तब्यस्त अवस्थामा रहेको छ ।

सडक अस्तव्यस्त रुपमा रहँदा धुलो धुँवाले जनस्वास्थ्यमा क्षति पुर्‍याइरहेको र साथै तीन लाखदेखि ४ लाख मानिस ओहोर दोहोर गर्ने राजधानीको मुख्य प्रवेशद्वारा भएकाले निर्माण कार्य छिटो सम्पन्न गर्न खबरदारी गरिएको समाजले जनाएको छ ।

साथै नागरिकहरुको आवाज नसुनिएसम्म यस्ता दवावमुलक कार्यक्रमहरु जारी राख्ने समाजका जमुना पुरिले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment