Comments Add Comment

कसरी हुन्छ सेक्सको लतको उपचार ?

‘म यहाँ छु । आफूलाई जति सम्हाल्न सक्छु सम्हालिरहेको छु । म ठीक छैन तर म मेहनत गर्दछु । मलाई सहयोग आवश्यक छ । हामी सबै गल्ती गर्दछौं । मलाई विश्वास छ कि मलाई दोस्रो मौका दिइने ।’

यो हावी वाइन्सटाइनको शव्द हो जुन उनले केही दिन अघि पत्रकारहरुसँग भनेका थिए । उनीमाथि हलिउडका कयौं चर्चित अभिनेत्रीहरुहरुले यौत उत्पीडनको आरोप लगाउँछन् ।

अब समाचार यो हो कि हावीले मीडोजमा ऐरिजोनामा कहलिएको पुनर्वास केन्द्रमा ‘सेक्स एडिक्सन’को उपचार गराउन शुरु गरेका छन् । यहाँ माइकल डगलस र टाइगर वुड्स जस्ता हस्तिहरुले पनि आफ्नो उपचार गराइसकेका छन् ।

उनले यो पनि भनेका छन् कि उपचार पूरा गर्नका पछि पूरोप पनि जानेछन् । यसलाई उनले र उनको टीमले सुधारको एक तरिका बताएका छन् । यद्यपी कयौं व्यक्तिका लागि यो पलायन र अरु व्यक्तिको नजरबाट बच्ने तरिका पनि हो ।

के हो सेक्स एडिक्सन ?

‘यो पत्ता लगाउन बडो मुस्किल छ कि हार्वी वाइन्स्टाइनमा सेक्सको लत छ कि छैन,’ यो भनाइ हो ‘सेन्टर फर हेल्दी सेक्स’का क्लीनिकल डाइरेक्टर एलेक्जेन्ड्राको । उनले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘हालसम्म हामीले जे पत्ता लगाएका छौं त्यसको आधारमा भन्न सकिन्छ कि उनले यौन शोषण गरेका छन् । हर्बीले आपसी सहमति विना सम्वन्ध बनाएका छन् । यद्यपी यसो गर्नुको कारण सेक्सको लत थियो कि थिएन भन्न सकिने अवस्था छैन ।

सेक्शुअल एडिक्शनको उपचार गर्ने डाक्टर अमूमन यस मामलामा निकै सतर्क देखिन्छन् । यसको एक कारण यो पनि हो कि मनोचिकित्सा विज्ञानले यसलाई मानसिक विरामीको रुपमा लिँदैन ।

यसलाई सेक्शुअल एडिक्शन या हाइपरसेक्शुअलिटी भनिन्छ । यो एक डिसअर्डर हो जसको कयौं तरिकाको उपचार उपलब्ध छ र पुनर्वास केन्द्र छ । सेक्सको लतको उपचार लामो समयसम्म चल्दछ र यो निकै महंगो हुन्छ ।

विशेषज्ञको मान्यता यो छ कि सेक्सको लतको उपचार गर्ने सबैभन्दा राम्रो तरिका हो थेरापीको मद्दतबाट यौन इच्छालाई काबूमा राख्ने । यसका लागि डाक्टरले विरामीलाई सेक्स नगर्न भन्दछन् ।

आमरुपमा सेक्स एडिक्शनको कारण बालापन या किशोरावस्थामा हुने यौन शोषण जस्ता घटनाहरु जिम्मेवार हुन्छन् । उपचारको लागि यो जानिराख्न जरुरी छ कि यसबाट गुजि्ररहेका व्यक्तिलाई सेक्सपछि पछुतो हुन्छ होला कि नहोला ।

एलेजेक्ड्रा भन्छन्, ‘हामी मानिसहरुलाई धेरै सेक्स गर्न छाड भन्दैनौं । तर जसलाई हार्वी वाइन्स्टाइनको मामला छ उनीहरु कुनै पनि महिलासँग एक्लै रहनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment