Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रले साइतभन्दा पहिले नै टीका ग्रहण गरे

४ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साइत भन्दा एक घण्टा अधि नै टीका ग्रहण गरेका छन् ।

उनले बिहान १० बजेर ४५ मिनेटकै साइतमा भाइटीका ग्रहण गरेका हुन् ।

पूर्वराजा शाहले आफ्नी कान्छी बहिनी शोभा शाहीसँग उनकै निवास कमलादीमा टीका ग्रहण गरेका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको बताए पनि ज्ञानेन्द्रले भने १० बजेर ४५ मिनेटको साइतमा टीका ग्रहण गरेका हुन् ।

टीका ग्रहण पछि पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका थिए ।

यो पनि पढ्नुस्

यस्तो देखियो भीआईपीको भाइटीका (तस्वीरसहित)

 प्रधानमन्त्री देउवाले बहिनी दुर्गाबाट टीका ग्रहण गरे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment