Comments Add Comment

यस्तो देखियो भीआईपीको भाइटीका (तस्वीरसहित)

 

४ कात्तिक, काठमाडौं । यमपञ्चकको अन्तिम दिन शनिबार भाइटीका लगाउने क्रम जारी रहेको छ ।

दिदीबहिनीहरुले दाजुभाईलाई टीका लगाइदिएका छन् भने दाजुभाइले टीका ग्रहण गरेरे तिहारको मुख्य दिन भाइटीका मनाइएको छ ।

भाइटीकाको अवसरमा शनिबार राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि विभिन्न भीआईपीले टीकाग्रहण तथा लगाइदिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले टीकाको उत्तम साइत ११ः५१ बजे आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छिन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आफेनो निवास बुढानिलकण्ठमै बहिनी दुर्गा चन्दको हातबाट उत्तम साइतमै टीकाग्रहण गरेका छन् ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुरामले आफ्नी दिदी थिरकुमारी पराजुलीबाट टीका ग्रहण गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कान्छी बहिनी शोभा शाहीसँग टीका ग्रहण गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले पञ्चाङ्ग निर्णयक समितिले तोकेको उत्तम साइत ११ः५१ बजे भन्दा अगाडि नै टीका ग्रहण गरेका हुन् । उनले विहान १०ः४५ बजेको साइतमा टीका ग्रहण गरेको जनाइएको छ ।

यता राप्रपाका अध्यक्ष तथा ऊर्जामन्त्री कमल थापाले आफ्ना बहिनीहरु विमला, रीता र बसुको हातबाट टीकाग्रहण गरेका छन् ।

मन्त्री थापाले ट्वीटरमा बहिनी शान्ता भने विदेशमा भएकोले टीकाग्रहण गर्न नपाएको उल्लेख गर्दै मिस गरेका छन् ।

यो पनि पढ्नुस् 

 प्रधानमन्त्री देउवाले बहिनी दुर्गाबाट टीका ग्रहण गरे 

पूर्वराजा ज्ञानेन्द्रले साइतभन्दा पहिले नै टीका ग्रहण गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment