Comments Add Comment

बेनिशाको काँधमा सौगात


नेपाली चलचित्रका गीतसंगीत मात्र होइनन्, कथावस्तु पनि फेरि गाउँ फर्किन थालेका छन् । गीतसंगीतमा संगीतकारले लोक भाकालाई उतार्न थालेका छन् भने कथावस्तुमा पनि नेपालीकै बोलीचालीमा प्रयोग गर्ने शब्दलाई खोतल्न थालिएको छ ।

बलिउड यूरोपका कथामा घुम्दा असफल भैरहेको छ । नेपाली चलचित्र क्षेत्रले पनि यो कुरा वुझेको हुनुपर्छ । यसैले, अहिले चलचित्र मेकरहरु गाउँका कथामा गाउैकै भाषा उठाएर चलचित्र बनाउन माहिर देखिएका छन् ।

नायिका वेनिशा हमाल र नायक सौगात मल्ल अभिनित चलचित्र ‘झ्यानाकुटी’को ट्रेलरमा पनि विशुद्ध नेपाली भाषाका रमाइला शब्दहरुलाई प्रयोग गरिएको छ । चलचित्रले, श्रीमान् र श्रीमतिको प्रेम, श्रीमति नहुँदा श्रीमान्को पीडालाई प्रस्तुत गरेको ट्रेलरबाट पनि पुष्टी हुन्छ । अब, यो कथालाई दर्शकले मन पराउँछन् कि पराउँदैनन् भन्ने रिलिज पछिको कुरा हो ।

सिमोस सुनवारको निर्देशनमा तयार भएको चलचित्रमा वेनिशाले सौगातलाई आफ्नो काँधमा बोकेकी छिन् । अहिले वेनिशा र सौगात दुबैलाई एक अर्काको करिअर एक अर्काको काँधमै बोक्नु पर्ने अवस्था छ ।

बक्स अफिसमा वेनिशा असफल छिन् भने सौगात पनि कमजोर पर्दै गएका छन् । सौगातलाई लिएर चलचित्र चल्छ भन्ने विश्वास अहिले निर्माताहरुबाट हराउँदै गएको छ । यस्तो अवस्थामा के वेनिशा र सौगातले एक अर्काको करिअर एक अर्काकै काँधमा बोक्लान् त ? चलचित्रलाई सिमोस सुनवार र निशा अधिकारीले मिलेर बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment