Comments Add Comment

प्यूठानमा एक व्यवसायी मृत भेटिए, हत्या भएको आशंका

५ कात्तिक, प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका वडा नं. ६ बाहाने बजारमा एक व्यवसायी मृत फेला परेका छन् ।
भाइटीकाको दिन एक्लै घरमा रहेको ३८ वर्षीय बसन्त बहादुर के.सी. आइतबार मृत भेटिएका हुन् ।
विहान अवेरसम्म पसल नखुलेपछि आफन्तले सटर खोलेर हेर्दा उनको शव फेला परेको थियो । शरिरमा कुटपिटको दाग, घर वरपरको स्थिति हर्दा हत्या भएको मृतकका दाजु गोविन्द के.सी.ले बताए ।
घटनाको अनुसन्धान भैरहेको प्यूठान प्रहरीले जनाएको छ । मृतक केसीको परिवारमा श्रीमती, एक छोरा, दुई छोरी र आमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment