Comments Add Comment

‘मेला’मा अशिष्मा सोलो हिरोइन, भन्छिन्-‘काम देखाउने मौका धेरै हुँदोरहेछ’


कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’लाई लिएर नायिका अशिष्मा नकर्मी उत्साहित छिन् । यो चलचित्रमा अशिष्मा सोलो हिरोइनको रुपमा देखिएकी छिन् । उनको साथमा नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीलाई चलचित्रमा देख्न सकिन्छ । हरि पन्तको प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् ।

चलचित्र ‘मेला’ले तिन जना कलेज पढ्ने साथीको कथालाई प्रस्तुत गरेको यी नायिकाको भनाई छ । अशिष्माले भनिन्-‘चलचित्र भित्र तिन पात्रलाई देखाइएको छ । जसको जिन्दगी आ-आफ्नै तरिकाले परिवर्तित हुन्छ । कथावस्तु र प्रस्तुती राम्रो छ ।’

‘चलचित्रमा आमेष र सलोनको प्रेम मसँग हो कि भन्ने भान दर्शकलाई ट्रेलर हेर्दा लाग्न सक्छ । तर, कथावस्तु निकै रमाइलो र गम्भिर छ, यसका लागि दर्शकले चलचित्र नै हेर्नुपर्छ, अशिष्मा भन्छिन् ।

सोलो हिरोइन भएपछि चलचित्रमा काम देखाउने अवसर अझै धेरै पाउने अशिष्माको वुझाई छ । उनी भन्छिन्-‘केही चलचित्रमा जस्तै यसमा पनि मैले, आफ्नो काम देखाउने मौका पाएकी छु । सलोन अहिलेका हट केक कलाकार हुन् । आमेषसँग पनि मेरो जोडी जमेको छ । आशा छ, दर्शकले मन पराउनु हुनेछ ।’
चलचित्रको ट्रेलर हेर्दा, यसमा दुई अर्थ दिने शब्द धेरै प्रयोग गरिएको छ । अशिष्मा भन्छिन्-‘चलचित्रमा मैले त्यस्ता शब्द धेरै प्रयोग गरेकी छैनँ । सलोन र आमेषको भने केही छ । तर, ती शब्दले दर्शकलाई खुबै हसाउँछ ।’

मित्रताको कथालाई कमेडी र गम्भिर बिषयमा उठान गरिएकाले पनि चलचित्र चल्नेमा आफू ढुक्क रहेको उनको भनाई छ । चलचित्रको लोकलय र पार्टी गीत, ट्रेलरले अहिले युटुबमा राम्रो दर्शक बटुलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment