Comments Add Comment

रोनाल्डो र मेस्सीले एक अर्कालाई भोट हालेनन्

७ कात्तिक, काठमाडौं । फिफाका आबद्ध मुलुकका कप्तान, प्रशिक्षक, सूचिकृत पत्रकार र फ्यानपोलको बराबर मतका आधारमा स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो फिफा द बेष्ट प्लेयर बने ।

अन्तिम तीनमा पुगेका बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पार्दै रोनाल्डो लगातार दोस्रो पटक ‘द बेष्ट’ बने ।

तर उपाधि बिजेता रोनाल्डो र मेस्सीले द बेष्टको मतदान गर्दा एक अर्कालाई निशेध गरे ।

रोनाल्डोले शीर्ष तीनमा रियल मड्रिडका टिममेटहरु लुका मोडि्रक, सर्जियो रामोस र मार्सेलोलाई हाले भने मेस्सीले बार्सिलोनाका टिममेट सुइस स्वारेज र आन्द्रेस इनिएष्टा तथा पूर्व टिममेट नेइमारलाई भोट गरे ।

यसैगरी ड्यानी आल्भेसले एक नम्बरमा ब्राजिलियन तथा पिएसजीका टिममेट नेइमार र दोस्रो नम्बरमा मेस्सीलाई भोट दिए । रियल मडि्रडका लुका मोडि्रक र सर्जियो रामोस दुवैले रोनाल्डो पछि मेस्सीलाई भोट लिए

अब कुरा गरौं प्रशिक्षकहरुको, स्पेनिस प्रशिक्षक जुलेन लोपेटेगुईले रामोस, ड्यानी कार्भाजल र इनिएष्टालाई चुने भने अर्जेन्टाइन प्रशिक्षक जर्ज साम्पाओलीले मेस्सीसँगै रोनाल्डो र मार्सेलोलाई चुने ।

यसैगरी दक्षिण अमेरिकातर्फ कोलिम्बियाका प्रशिक्षक जोस पोकरम्यानले आफ्नै प्लेमेकर जेम्स रोड्रिग्युजलाई भोट नगरी मेस्सी, मोडि्रक र रोवर्ट लेभाण्डोस्कीलाई भोट गरे । त्यस्तै ब्राजिलियन प्रशिक्षक टिटेले आफ्नो स्टार नेइमार भन्दा अघि रोनाल्डोलाई मत दिए ।

यता युरोपमा इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेटले सबै मडि्रडका खेलाडीलाई मत दिए । उनले रोनाल्डो, मोडि्रक र टोनी क्रुजलाई भोट हाले । डिडिएर डेसच्याम्पले आफ्ना मुलुकका खेलाडीलाई नदिई रोनाल्डो, नेइमार र जियानलुइगी बुफोनलाई मत दिए । जर्मन प्रशिक्षक जोचिम लोले आफ्ना खेलाडी टोनी क्रुज, म्यानुअल निउर र नेइमारलाई मत हाले । पोर्चुगिज प्रशिक्षक फर्डाण्डो सान्तोषले रोनाल्डो, मोडि्रक र नेइमारलाई मत हाले ।

विश्वका अन्य मुलुकका प्रशिक्षक रहेका स्पेनिस प्रशिक्षकहरुमा बेल्जियमका रोबर्ट मार्टिनेजले इडेन हाजार्ड, रोनाल्डो र मोडि्रक, अल्जेरियाका लुकास अल्कारेजले नेइमार, मेस्सी र रामोस, गावोनका प्रशिक्षक जोसे एन्टोनियोले रोनाल्डो, मेस्सी र रामोसलाई मत हाले ।

यस्तै हाम्रो मुलुक नेपालबाट प्रशिक्षक ग्योतोकु कोजीले रोनाल्डो, मेस्सी र नेइमारलाई भोट हाले भने कप्तान बिराज महर्जनले स्वीडेनका ज्लाटन इब्राहिमोबीच, एन्टोइन् गि्रजम्यान र रोनाल्डोलाई मत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment