+
+

चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ९ गते ८:४२

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव लोकतान्त्रिक उत्सव भएको बताउँदै सहभागी भएर सफल पार्न आह्वान गरेका छन् । छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्ताे अाह्वान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

एक शुभकामना सन्देश दिँदै प्रम देउवाले छठ प्रेम, स्नेह र समाजिक सद्भाव बोकेको नेपालीहरुको महान चाड भएको बताउँदै यो पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र विधि सांस्कृतिक धनी सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गरे ।

यस पर्वलाई सम्पूर्ण नेपालीबीचको भावनात्मक एकता र सहकार्यको समारात्मक सन्देश दिने पर्वको रुपमा लिएको बताउँदै प्रम देउवाले छठ पर्वले नेपालीबीचको आपसी सम्बन्धलाई झनै मजबूत बनाउँदै राष्ट्रिय समृद्धि र एकतामा बल पुर्याउने कार्य गर्न सबैलाई प्रेरणा देओस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।

‘देश लोकतन्त्रको उत्सवको रुपमा रहेको निर्वाचनतर्फ उन्मुख भएको छ । निर्वाचन लोकतन्त्रको जगलाई दरिलो बनाउँदै राजनीतिक स्थायित्व आर्थिक समृद्धि हासिल गर्ने हाम्रो चाहनालाई मतपत्रमार्फत अभिव्यक्ति गर्ने सुअवसर पनि हो । यसैले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल बनाउन आह्वान गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?