Comments Add Comment

भक्तपुरमा तीन जुवाडे पक्राउ

९ कात्तिक, भक्तपुर । जुवा खेल्दै गरेको अवस्थामा भक्तपुर प्रहरीले तीन जुवाडेलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीकाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईका अनुसार, धनेश्वर प्रसाई, हेम सिग्देल र दीपक अधिकारी जवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

खड्काले आफ्नै तीनतले घरको माथिल्लो तलामा जुवा खेलाएको सूचना पाएपछि पुगेको प्रहरी टोलीले जुवा खालवाट ७८ हजार पाँचसय ७५ नगदसहित तास र कौडा बरामद गरेको छ ।

पक्राउ परेका जुवाडेलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment