+
+

मोरङमा एमाले र माओवादीको संयुक्त समिति गठन

चुनावी प्रचारका क्रममा वडा स्तरसम्म संयुक्त समिति बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ९ गते १३:२५

९ कात्तिक, बिराटनगर । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव प्रचारका लागि वाम गठबन्धनमा आबद्ध दलहरुले मोरङमा संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ ।

बिराटनगरमा बसेको बाम गठबन्धनको संयुक्त बैठकले एमाले अध्यक्ष बिनोद ढकालको नेतृत्वमा ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति निर्माण गरेको हो ।

समितिमा माओवादीका मोरङ इञ्चार्ज कुशल लिम्बु, संयोजक गोपी अछामी र सहसंयोजक गणेश उप्रेती छन् ।

त्यसैगरी, एमाले नेता एवं जिसस मोरङ सभापति नरेश पोखरेल, जिल्ला सदस्य बाबुराम कार्की र उपाध्यक्ष रामलाल शाह लगायत पनि समितिमा छन् ।

निर्वाचन परिचालन समितिको बैठकले संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय एमाले जिल्ला पार्टी कार्यालय बिराटनगरस्थित पाञ्चालीमा खडा गरेको छ ।

त्यसैगरी, सबै निर्वाचन क्षेत्रहरुका साथै वडा तहसम्म संयुक्त स्वयंसेवक, प्रचार, अनुगमन र सांस्कृतिक समितिहरु निर्माण गर्ने गठबन्धनले निर्णय गरेको छ ।

माओवादी संयोजक गोपी अछामीका अनुसार १५ कात्तिकभित्र सबै निर्वाचन क्षेत्र र वडा तहसम्म संयुक्त समितिहरु निर्माण भइसक्ने छन् ।

त्यसपछि, सबैखाले चुनावी प्रचारप्रसारका कार्यक्रम, सभा, र्‍याली र घरदैलो कार्यक्रम संयुक्त रुपमा हुनेछन् ।

मोरङमा संघमा ६ र प्रदेशमा १२ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?