Comments Add Comment

कतारको श्रम कानुनमा सुधार, आप्रवासी कामदारको न्यूनतम तलब तोक्ने बाचा

९ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकको एक दिन अघि कतार सरकारले श्रम कानुनमा सुधारको घोषणा गरेको छ ।

अब उसले मजदुरहरुको न्यूनतम पारीश्रमिक निर्धारण गर्नेछ ।

अन्तर्राष्ट्रिय समुदायले आप्रवासी मजदुरहरुको स्थितिलाई लिएर कतार सरकारको आलोचना गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर संगठनले पनि आप्रवासी मदजुरहरुमाथिको शोषण बन्द गर्नर् चेतावनी दिइसकेको थियो ।

कतार सरकारले डिसेम्बर २०१६ मा कफाला सिस्टम अन्त्य गरेको थियो, जस अनुसार कामदारले जागिर वा देश छाड्नु अघि कम्पनीलाई जानकारी दिनु पर्थ्यो ।

अब कतारले श्रम कानुनमा सुधार ल्याउने बताएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका अनुसार कतार सरकारले आफ्नो श्रम कानुनमा परिर्वतन गरेको छ ।

अब सबै कामदारको न्यूनतम तलब तोकिनेछ । कम्पनीहरुले कतार छाड्न रोक लगाउन सक्दैनन् भने कामदारहरुको पहिचान पत्र कम्पनीले नभई सरकारले जारी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment