Comments Add Comment

पूर्व पत्नीको जन्मदिनमा ऋतिक


नायक ऋतिक रोशन र सुजैनको डिभोर्स भएको केही समय भयो । डिभोर्सपछि यी दुइको सम्बन्ध कस्तो रहला भन्ने कौतुहलता धेरैमा थियो । तर, ऋतिकसँग डिभोर्सपछि केही समय मिडियाबाट टाढा भएकी सुजैन अब भने फेरि पूर्व पतिसँग नजिक आउन थालेकी छिन् । सुजैन शुक्रबारबाट ३९ औ बर्षमा प्रवेश गरेकी छिन् ।

सो अवसरमा उनले भव्य पार्टीको आयोजना गरिन् । उनको पार्टीमा बलिउडका केही हस्तीहरु पनि पुगे । तर, पार्टीको मुख्य आकर्षणमा उनका पूर्व पति ऋतिक रोशन नै देखिए ।

नायिका कंगना रनावतसँग ऋतिकको अफेयर सुरु भएपछि सुजैन र उनको डिभोर्स भएको थियो । तर, अहिले कंगना र ऋतिकविच अफेयर टुटिसकेको छ भने यसले ठूलो विवाद पनि निम्त्याएको थियो ।

कंगनासँग अलग भएपछि ऋतिक फेरि सुजैनसँग नजिक हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment