Comments Add Comment

प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु

१० कात्तिक, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छापाई शुक्रबारबाट सुरु भएको छ ।

मतपत्रबारे सर्वोच्चले दिएको कारण देखाउ आदेशसँगै निर्धारित मितिमा निर्वाचन हुनेमा शंसय उत्पन्न भएको थियो ।

सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाका लागि अलग अलग मतपत्र बाध्यकारी भएको भन्दै यसको छपाईमा के कति प्रगति भएको छ तीन दिनभित्र लिखित जवाफ पेश गर्न भनेको थियो ।

तर, आयोगले पूर्वडिजाइन अनुसारकै मतपत्र छपाई सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलेेसर्वाेच्चको आदेशको सम्मान गर्दै प्राविधिक समिति गठन गरिएको र त्यसले दिएको प्रतिवेदनको आधारमा आयोग अघि बढेको बताए ।

आयोगले छापेको मतपत्रमा प्रत्यक्षतर्फ एउटै पानामा फरक फरक मतपत्र छ । माथिल्लो खण्डमा प्रतिनिधिसभा सदस्यका लागि र तल्लो खण्डमा प्रदेशसभा सदस्यका लागि मतदान गर्नु पर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment