Comments Add Comment

जुत्ता वितरण गर्न पुगेकी बर्षालाई कसले भन्यो ‘आई लभ यू’ ?


आउँदो शुक्रबारबाट देशभरका हलमा चलचित्र ‘फाटेको जुत्ता’ रिलिज हुँदैछ । अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

चलचित्रका प्रचारका लागि यसको निर्माणपक्षले विभिन्न उपाय अपनाइरहेको छ । यसैविच, शनिबार काठमाण्डौको सिभिल मलमा चलचित्रको यूनिटले गोल्डस्टार कम्पनीसँग मिलेर जुत्ता वितरण गरेको छ । ‘फाटेको जुत्ता’ फेसबुकमा राख्नुहोस्, नयाँ जुत्ता लिएर जानुहोस्’ भन्ने उपहार योजना अन्र्तगत शनिबार नयाँ जुत्ता वितरण गरिएको हो ।

चलचित्रका मुख्य कलाकार सौगात मल्ल र नायिका बर्षा राउतको उपस्थितीमा विजयीहरुलाई जुत्ता वितरण गरिएको हो । सो समारोहमा पुगेकी नायिका राउतलाई उनका फ्यानले गीत गाएर प्रेम प्रस्ताव राखेका थिए । कतिपयले त स्टेजमा पुगेर उनलाई ‘आइ लभ यू’ नै भने । नायक सौगात मल्लले भने फ्यानको हातमा अटोग्राफ दिएका थिए । केही फ्यानले चलचित्रको गीतमा नृत्य गरे ।

चलचित्रमा भने सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय छ । नायिका राउत चलचित्रमा विशेष भूमिकामा छिन् । डार्क कमेडी जनराको यो चलचित्रले मधेसको कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment