+
+
Shares

प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १२ गते १७:५१


१२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । यसले आगामी चुनावमा तीन वटा मतपत्र हुनेछ ।

आयोगले समानुपातिकका लागि एउटै पानामा प्रदेश र प्रतिनिधिसभाको छुट्टाछुट्टै मतपत्र छापिसकेको छ । प्रत्यक्षतर्फ पनि त्यस्तै मत्रपत्र छाप्ने निर्णय गरेको थियो ।

तर, त्यसविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाका लागि अलगअलग मतपत्र छाप्नु बाध्याकारी भनेको छ ।

सर्वोच्चको आदेशपछि निर्वाचन आयोगले अलगअलग मतपत्र छाप्ने तयारी गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालले अनलाइनखबरसँग भने, ‘सर्वोच्च अदालतको आदेशको मर्म र भावना अनुसार निर्वाचन आयोगले आवश्यक निर्णय लिन्छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न हामी प्रतिवद्ध छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?