Comments Add Comment

अमेरिकामा मदनकृष्णको ‘महको म’ विमोचन

३० अक्टोबर बाल्टिमोर । अमेरिकामा वरिष्ठ हास्यव्यंग्य कलाकार मदन कृष्ण श्रेष्ठको जीवनी सम्बन्धी लेखिएको ‘महको म’ पुस्तक विमोचन गरिएको छ ।

अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ बर्ष पहिले नेवा संस्कृति, भाषा,कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपास् पासा पुचः अमेरिकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औं वार्षिक उत्सवमा उक्त पुस्तक बिमोचन गरिएको हो ।

नेवा संस्कृतिको जगेर्ना गरौं भन्ने नारा बोकेको संस्थाले आफ्नो वार्षिक उत्सवमा प्रकाशित स्मारिका दबु पत्रिकाको बिमोचन गर्नुको साथै ‘महको म’ पुस्तकको पनि बिमोचन गरिएको ।

अमेरिकामा रहेकी उनकी सुपुत्री सराना श्रेष्ठले बूवाको पुस्तक निकै चर्चा परिचर्चामा रहेको भन्दै अमेरिकामा पनि बिमोचन हुन पाएकोमा हर्ष व्यक्त गरिन् । उनले एनपीपीएका अध्यक्ष सरोज प्रजापतिले मौका दिएकोमा धन्यवाद दिइन् ।

नेपालबाट कलाकार मदन कृष्ण श्रेष्ठ श्रब्य दृश्य (भिडियो)बाट नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ वार्षिक उत्सवको शुभकामना संदेश दिएका थिए ।

अाफ्नो पुस्तक आफुले भोगेका, जीवनका उतार चढाव, बाल्यकालका कुराहरू, राम्रा क़ुरा र नराम्रा कूराहरू, सफलता असफलता आदिले समेटिएको छ भन्दै राखेको भिडियो मार्फ़त बोलेका थिए ।

उनले नेपालमा पनि निकै राम्रो बिक्रि भइरहेको जनाएका थिए । प्रत्यक्ष प्रसारण मार्फत बोल्न प्रयास गरिएता पनि अमेरिका र नेपालको समय फरक को कारण भिडियो देखाइएको थियो ।

नेपाल सम्बत् ११३८ तथा २६ औ वार्षिकोत्सव नेवास् प्रसिद्ध खाजा समय बजी खुवाइए पछि औपचारिक कार्यक्रम सूरू भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूतावासका आर्थिक सल्लाहकार कैलाश पोख्रेलले महिला अध्यक्ष सरोज प्रजापतिको कामको प्रशंसा गर्दै एनपीपीएमा महिलाहरू निकै क्रियाशील रहेको बताए । पोख्रेलले सँस्थाले प्रगति गरोस भन्ने शुभकामना दिएका थिए ।

यसै गरी नेवा समुदायका पुरोहित तथा नेवा समुदायका सांस्कृतिक दूत बासव राजोपाध्यायले तन्त्र महिला प्रधान हुन्छ भने बेद पुरुष प्रधान हुने बताए ।

उनले तन्त्रको बारेमा रोचक संक्षिप्त प्रसंग सुनाएका थिए । उनले तन्त्रकै प्रशंगमा कुचो सूचक, उपचार, देवतालाई स्वागत, सुरक्षा, पितृ पूजा आदि इत्यादिको रुपमा प्रयोग गरिने बताए ।

नेपास् पासा पुचः अमेरीकायका संस्थापक राम मालाकार बिदेशमा नेवास् संस्कृतिका पीता हुन् भनि मुक्त कण्ठले प्रसंसा समेत उनले गरेका थिए ।

संस्थाकि अध्यक्ष सरोज प्रजापतिले स्वागत गर्दै आफूले ४ वर्षसम्म सँस्थामा काम गरेको अनुभवको बारेमा बोलेकी थिइन् गित वर्ष २५ औं वार्षिक उत्सव ऐतिहासिक रहन पुगेको चर्चा गर्दै आफ्नो नेतृत्व कालमा सबैको बिशेष सहयोग रहेको बताइन् ।

२६ औं वार्षिक उत्सवदेखि आफ्नो कार्यक्रम समाप्त भएता पनि पद मात्र सकिएको भन्दै आफू सदैब एनपीपीएसँग आबद्ध रहने बताइन् आिगामी २०१७-२०१९ सम्मको लागि राजु जोशी अध्यक्ष तथा अन्य पदाधिकारीहरु अन्य पदमा सर्बसम्मतीबाट निर्वाचित भएका छन् ।

पहिलो चरणमा औपचारिक कार्यक्रम रहेको थियो दो श्रो चरणमा साँस्कृतिक साँझ कार्यक्रम अन्तर्गत नेपालका प्रख्यात गायक शिव परियारको बिशेष प्रस्तुतिको साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment