+
+

झापा ३ मा सिटौलाविरुद्ध लिङ्देनलाई उठाउने राप्रपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते १७:५२

१३ कात्तिक, काठमाडौं । राप्रपाले झापा ३ मा महामन्त्री राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस झापा ३ मा राप्रपालाई समर्थन गर्न तयार भएको थियो । तर, नेता कृष्ण सिटौलाले अस्वीकार गरेपछि संसदीय समितिले आइतबार उनलाई नै टिकट दिएको छ ।

सोमबार राप्रपाले पनि झापा ३ मा लिङ्देनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यद्यपि कांग्रेससँग चुनावी तालमेल नतोड्ने बताएको छ । राप्रपा नेता बुद्धिमान तामाङले भने, ‘झापा ३ मा कांग्रेससँग मैत्रिपूर्ण प्रतिस्पर्धा हुन्छ । अन्यत्र सहकार्य जारी रहन्छ ।’

राप्रपाले पार्टी अध्यक्ष कमल थापालाई मकवानपुर १ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै काठमाडौं ७ मा विक्रमबहादुर थापा, बाँके २ मा ओमप्रकाश आजाद र दैलेख १ मा दिपककुमार शाहीलाई उम्मेदवार निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?