Comments Add Comment

यसरी घरमै पनि चम्काउन सकिन्छ अनुहारको सौन्दर्य

तनावपूर्ण जीवन, प्रदूषण आदिले हाम्रो अनुहारको निखार हराउँदै गएको छ । अनुहारमा चाया पोतो आउने, फुस्रो हुने, रुखो हुने समस्या बढ्दो छ । यस्तो अवस्थामा के गर्ने त ?

पार्लर धाउने, कस्मेटिक उपचार गर्ने विधी सजिलो होला । तर, यसले प्राकृतिक चमक फर्काउँदैन । त्यसका लागि प्राकृतिक विधी नै अपनाउनु पर्छ । र, यसका लागि निकै उपयोगी हुन्छ, दही । दहीका साथमा नीमको प्रयोग थप उपयोगी हुन्छ ।

दही र निमको फेसप्याक

यो प्याक बनाउनु निकै सजिलो छ । केही नीमका पत्ताहरुलाई मिक्सरमा हाल्नुपर्छ । यसमा दुई टेबल चम्चा दही हाल्ने र त्यसलाई राम्ररी मिक्स गर्ने । अब यो पेस्टलाई आफ्नो स्किनमा लगाउने र  १५ मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

यो फेस प्याकको फाइदाहरु के छन् ?

१. अनुहारमा निखार ल्याउन सहयोगीः यो फेस प्याक भिटामिन्स र पोषक तत्वहरुले भरपूर हुन्छ । यसले हाम्रो स्किन सेल्सलाई स्वस्थ राख्छ र यसले हाम्रो अनुहारमा चमक ल्याउँछ ।

२. दाग धब्बालाई कम गर्छः यो प्याकले खराब टिस्यूहरुलाई रिपेयर गर्छ । यसलाई दैनिक लगाउनाले अनुहारको दाग-धब्बा कम भएर जान्छ ।

३. घामबाट अनुहारको रक्षाः नीम र दहीको मिश्रणले सनस्कीनको रुपमा पनि काम गर्छ । यसले हाम्रो स्किनलाई खतरनाक यूभी किरणबाट बचाउँछ ।

४. नीममा एन्टी-ब्याक्टेरिया हुने भएकाले यसले खटिरा, डन्डीफोरबाला ब्याक्टेरियालाई मार्छ ।

५. स्किन टोनलाई सेतो बनाउँछः यसले ब्लीचिङ एजेन्टको रुपमा पनि काम गर्छ । यसले तपाईंको स्किन टोन सेतो हुन्छ ।

६. छालाको रोगहरु पर भगाउँछः दही र नीमको पेस्टले सानातिना छालाका बिमारीहरुलाई ठिक पार्छ ।

७. छालालाई नरम बनाउँछः दहीले छालामा मोइस्चराइजरको रुपमा काम गर्छ र छालालाई मुलायम बनाउँछ ।

८. डार्क सर्कल हटाउँछः नीम र दहीको पेस्टले आँखामुनि देखिने कालो घेरा र ब्ल्याकहेड्स कम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment