Comments Add Comment

माओवादी नेता बालकृष्ण ढुंगेल सदरखोर चलान

१२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्ने

१४ कात्तिक, काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजार चलान गरिएको छ ।

मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो ।

अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ  ।

जेल चलान हुँदै गर्दा पूर्व सभासद ढुंंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए ।

ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

त्यसयता उनी प्रहरी प्रशासनको नजरमा लुकिछिपी रहे पनि कसैले पक्राउ गर्न सकेको थिएन ।

यो पनि पढ्नुस् 

बालकृष्ण ढुंगेलः डेराबाट निस्किनासाथ ‘दाह्रीवाल’को फन्दामा 

सर्वोच्चबाट जन्मकैदको सजायँ पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment