Comments Add Comment

अब अनलाइनबाटै पूजाआजा बुकिङ र प्रसाद ग्रहण

१४ कात्तिक, काठमाडौंं । बत्तीसपुतलीमा रहेको रामचन्द्र मन्दिरमा पूजा-आजा, बिवाह, ब्रतबन्ध गर्नका लागि अनलाइनमार्फत बुकिङको व्यवस्था सुरु भएको छ ।

रामइपुजा डट ओआरजीको वेबसाइटमा गएर विश्वभरिबाटै अनलाइनमार्फत राममन्दिरमा पूजाआजा तथा ब्रतबन्धका लागि बुकिङ गर्न सकिन्छ ।

नेपारिका टेक्नोलोजी प्रालिका प्रोजेक्ट मेनेजर दुर्गाप्रसाद फुयालकाअनुसार यसै वेबसाइट मार्फत मन्दिर तथा मानव सेवा आश्रमका लागि अनलाइन दान पनि गर्न मिल्छ ।

साथै विदेशका लागि डिएचएल कुरियर सर्भिसमार्फत प्रसाद डेलीभरीको समेत व्यवस्था रहेको फुयाल बताउँछन् । यस ई-पूजा सिस्टममा दुई वटा पेमेन्ट गेटवे छन् । नेपालका लागि इ सेवा र र विदेशका लागि पेपलबाट अनलाइन भुक्तानी गर्न सकिनेछ ।

यस ई-पूजा सिस्टमको सुभारम्भ कार्तिक १० गते मन्त्री परिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीबाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment