Comments Add Comment

डोलेन्द्र शर्मालाई साझाबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश


१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलेन्द्र शर्मालाई काममा फर्कन अन्तरिम आदेश दिएको छ । मंगलवार न्यायाधीशद्वय दीपकराज जोशी र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले विवादास्पद छवीका शर्मालाई काममा फर्कन आदेश दिएको हो ।

अनियमितताको आरोपमा शर्मालाई गत असोज ८ गते सरकारले वर्खास्त गरेको थियो । सरकारको बर्खास्तीको निर्णयसँगै शर्मा सर्वोच्च पुगेका थिए ।

शर्मालाई पदीय दुरुपयोग गर्दै आफ्नै छापाखानामा साझाको पुस्तक छपाएको आरोप लागेको थियो । उनलाई शिक्षामन्त्री गोपालमान श्रेष्ठले दुर्इपटक स्पष्टीकरण सोधेका थिए ।

तर, सर्बोच्चले अन्तरिम आदेश दिँदै शर्मालाई साझामा फर्किन भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment