Comments Add Comment

बलिउड फिल्मबारे श्रृष्टीको २ बोलीः’कतै सेलिव्रेशन, कतै होइन’


नेपालमा छायांकन हुन लागेको बलिउड चलचित्र ‘सन्दिप और पिंकी फरार’ यतिबेला नेपाली चलचित्र जगतमा पनि चर्चित छ । यसको मुख्यकारण हो, नायिका श्रृष्टी श्रेष्ठको प्रवेश । पूर्व मिस नेपाल समेत रहेकी नायिका श्रृष्टी श्रेष्ठले यो चलचित्रमा श्रृष्टीले काम गर्ने पक्का भएको खबर नेपाली मिडियामा सार्वजनिक भएको छ ।

यो चलचित्रको अडिसनबाट श्रृष्टी छनोट भएको वुझिएको छ । प्राप्त खबरअनुसार, श्रृष्टीले बलिउडका २ चर्चित कलाकार अर्जुन कपुर र परिणिती चोपडासँग पर्दा शेयर गर्नेछिन् । यो चलचित्रको केही भागको छायांकन नेपालको वैतडी जिल्लामा पनि हुनेछ ।

श्रृष्टी यो चलचित्रको अडिसनका लागि २ पटक मुम्बई पुगेको बताइन्छ । उनी, दोश्रो पटक आफ्ना प्रेमी सौगात मल्ललाई लिएर मुम्बई नगरिमा अडिसनका लागि पुगेकी थिइन् । श्रृष्टीले यो चलचित्रमा काम गर्ने पक्का भएपछि उनी अभिनित चलचित्र ‘रोमियो एन्ड मुना’को टिमसँग खुशी शेयर गरेको वुझिएको छ ।

मेरो त कुरै भएको छैनः श्रृष्टी
तर, अनलाइनखबरसँग कुरा गर्दै नायिका श्रृष्टी श्रेष्ठले आफ्नो यो चलचित्रमा काम गर्ने बिषयमा कुनै कुरा नभएको बताइन् । उनले भनिन्-‘म मुम्बई अभिनय र नृत्यको ट्रेनिङका लागि गएको थिएँ । यशराज ब्यानरसँग काम गर्ने कुरा भएकै छैन ।’

श्रृष्टीले यो कुरा मिडियामा लुकाउन खोजेपनि उनी यशराज ब्यानरको नयाँ कमेडी चलचित्रमा फाइनल भएकी छिन् । बलिउडका कलाकारले चलचित्रमा काम गर्न लागेको खबर सकेसम्म लुकाउने कोशिश गर्छन् । सायद, श्रृष्टीलाई पनि यही कुरा भनिएकाले उनी मुख खोल्न तयार छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment