बलिउडमा नायक बरुण धवनको चर्चा अहिले आकासिएको छ । बरुणका हरेक चलचित्र सफल भएपछि उनलाई नयाँ स्टारको रुपमा हेर्न थालिएको छ ।
बरुण बलिउडमा प्रवेश गरेसँगै उनको नाम विभिन्न यूवतीहरुसँग जोडिएको पाइन्छ । उनको र नायिका आलिया भट्टको समेत प्रेम चर्चाले बलिउड गर्मायो । तर, आलियाको प्रेम चर्चा पछि नायक सिद्धार्थ मल्होत्रासँग रहेको खुल्यो ।
बरुण र नतासा दलाल नाम गरेकी यूवतीको प्रेम चर्चा भने लामो समयदेखि मिडियाका लागि मसला बनेको छ । बरुणले प्रेम स्विकार नगरेपनि उनी कैयौ पटक नतासासँग देखिदै आएका छन् । तर, अब भने यी दुइको प्रेममा खटपट सुरु भएको भारतीय मिडियाले दाबी गरेका छन् ।
अहिले बरुण हरेक कार्यक्रममा एक्लै उपस्थित हुन थालेपछि यस्तो अड्कल काटिएको हो । बरुण अभिनित चलचित्र ‘जुड्वा २’को विशेष शोमा समेत उनी एक्लै आएपछि मिडियामा प्रेममा दरार आएको चर्चा हुन थालेको छ । तिहारका विभिन्न कार्यक्रममा पनि बरुणले नतासालाई ल्याएनन् । बरुण चलचित्रको काममा व्यस्त हुन थालेपछि उनीहरुविच खटपट सुरु भएको भारतीय मिडियाको दाबी छ । यो बिषयमा बरुणले केही पनि बोलेका छैनन् ।
प्रतिक्रिया 4