+
+
Shares

कांग्रेस प्रवेश गरेकै भोलिपल्ट राठोरले पाए टिकट

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १५ गते १३:५८

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि कैलालीका उम्मेदवार टुंगो लगाएको छ ।

क्षेत्र नम्बर-१ बाट ईश्वरी न्यौपाने उम्मेदवार भएकी छन् । उनी निवर्तमान सांसद हुन् ।

कैलालीको क्षेत्र नम्बर-२ बाट मोहन सिंह राठाैरले टिकट पाएका छन् । निवर्तमान सांसद समेत रहेका उनी मंगलबार मात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए ।

कैलाली-३ बाट रामजनम चौधरीले टिकट पाएका छन् । ४ मा सुनिल भण्डारीको सम्भावना छ । यद्यपि पुस्कर ओझा र डा. लक्ष्मीराज पाठकको पनि दाबी छ ।

कैलाली-५ बाट प्रधानमन्त्री एवं कांग्रेस सभापति पत्नी आरुजु देउवा उम्मेदवार बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?