Comments Add Comment

बारामा पानीको खाल्डोमा डुबेर नाबालकको मृत्यु

१५ कात्तिक, बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं ३ मोतिबागमा बुधबार आफ्नै घर अगाडि रहेको खाल्डोको पानीमा डुबी एक नाबालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडा निवासी शैलेन्द्र ठाकुरका एक वर्षीय छोरा कुञ्जनकुमार ठाकुर रहेको प्रहरी प्रवक्ता भुनेश्वर साहले बताए ।

साहका अनुसार ठाकुरको धाराबाट निस्कने पानीको निकासका लागि घर अगाडि नै खनिएको खाल्डामा खेल्दै गरेका बालक डुबेको र उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा बाटैमा उनको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment