+
+
Shares

एनएमबीले २७ प्रतिशत नाफा बढाउदा हिमालयनको भने घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १६ गते ११:०८


१६ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा एनएमबी बैंकको नाफा करिब २७.६१ प्रतिशतले वृद्धि भएको छ ।
बैंकको नाफा ४५ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि २६ प्रतिशतले बढेर ४६ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी भने २ प्रतिशतले घटेको छ । यो रकम ६१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले फि, कमिसन, अन्य आम्दानी र विदेशी मुद्राको विनिमयबाट २९ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा करिब ४४ प्रतिशतको वृद्धि हो ।

अन्य आम्दानीमा वृद्धि, बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा पहिले कम रकम विनियोजन, पहिलेभन्दा बढि राइट ब्याकले पनि नाफा बढेको हो ।

बैंकले सम्भावित वापतको व्यवस्थामा पहिलेभन्दा ८ करोड कम व्यवस्था गरेको छ । यो शीर्षकमा ९ करोड रहेको छ । त्यस्तै, ५ करोडले बढि राइट व्याक गरेको छ । बैंकले २१ करोड राइट ब्याक गरेको हो ।

बैंकको खराब कर्जाको अनुपात १.६७ प्रतिशत रहको छ भने करिब १२९ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको निक्षेप करिब १० प्रतिशतले बढेर ७१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा १२ प्रतिशतले वृद्धि भएर ६२ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८७ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७७ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा करिब ३८ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २३ अर्ब ७१ करोड रुपैयाँको लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल २० प्रतिशतबाट घटेर १६ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब १ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड पुगेको छ भने सञ्चिती ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २७.९४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.३६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ७२ रुपैयाँ रहेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकको नाफा करिब ६ प्रतिशतले घटेको छ ।  बैंकको नाफा ४१ करोडमा सिमित भएको हो । गत आवको बैंकले पहिलो त्रैमाशमा ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने करिब ३४ प्रतिशतले बढेर ४४ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी पनि ६ प्रतिशतले घटेको छ । यो रकम ७७ करोडमा सिमित छ । त्यस्तै, बैंकले फि, कमिसन, अन्य आम्दानी र विदेशी मुद्राको विनिमयबाट ३३ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा २ प्रतिशतले कटौती भएको छ ।

बैंकको निक्षेप ३ प्रतिशतले बढेर ९६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा ११ प्रतिशतले वृद्धि भएर ८० अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८४ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७७ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा ६० प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा ४८ अर्ब ९७ करोड रुपैयाँको लगानी भएको छ ।

बैंकले यसपटक करिब २० करोड राइट ब्याक समेत गरेको छ । बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा रकम बढाएर २० करोड रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात १.२४ प्रतिशत रहको छ भने करिब १ सय ५५ प्रतिशत गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल १८ प्रतिशतबाट बढेर १३ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब डेढ अर्बले बढेर ६ अर्ब ४९ करोड पुगेको छ भने सञ्चितीमा ५ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २५.२७ रुपैयाँ , मूल्य आम्दानी अनुपात ३५.३५ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८७ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?