+
+
Shares

काठमाडौंका जनताको मायाले डोर्‍याएपछि आएँः माधब नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १६ गते १३:३६

१६ कात्तिक, काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई काठमाडौंका जनताको मायाले डोर्‍याएपछि आफू रौतहटबाट काठमाडौं आएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गर्दै एमाले नेता नेपालले रौतहटको माया उतिकै भएपनि काठमाडौं-२ का जनताको मायाले तानेपछि यहाँबाट उम्मेदवारी दर्ता गरेको बताए ।

अहिले एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्नु परेपछि आफूले यहाँका जनताको माया र आशाका कारण रौतहट छोडेर काठमाडौं आएको बताए । तर, आफूलाइै रौतहटको माया पनि उतिकै लाग्ने नेपालले बताए ।

यस्तै उम्मेदवारी दर्ताका क्रममा नेता नेपालले मनोनयन दर्ता भइसकेकोले अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?