Comments Add Comment

रुपन्देहीमा मनोनयन दर्ताको रौनक

१६ कात्तिक, भैरहवा । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका रुपन्देहीको भैरहवामा उल्लासपूर्ण  रुपमा मनोनयन दर्ता भएको छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा राजपा नेपालका केन्द्रीय उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा जनमुक्ति पार्टीका सूर्यकुमार सारुमगरसहित अन्य क्षेत्रका उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

विवेकशील साझा पार्टीबाट निर्वाचन क्षेत्र ३ को प्रतिनिधि सभा सदस्यमा पार्थिवेन्द्र उपाध्याय, ३ (१) को प्रदेशसभामा अमितकुमार गुप्ता लगायत अन्य क्षेत्रका उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, संघीय समाजवादी फोरम नेपालबाट निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा महेन्द्र यादव, निर्वाचन क्षेत्रको १ प्रतिनिधि सभा सदस्य विद्या यादव, ३ (१) को प्रदेश सभामा सन्तोष पाण्डे लगायत अन्य क्षेत्रका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष एवम् स्वास्थ्य मन्त्री दिपक बोहराले जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा, कांग्रेसका रुपन्देही सभापति एवं खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा, नेकपा एमालेका महासचिवद्वयले क्रमशः प्रतिनिधि सभा सदस्यमा निर्वाचन क्षेत्र नम्बर २ बाट विष्णु पौडेल र निर्वाचन क्षेत्र नम्बर ३ घनश्याम भुसालले उम्मेदवारी दिने तयारीमा रहेका छन् ।

रुपन्देही जिल्लामा कुल ५ लाख २२ हजार ६ सय २ जना मतदाता रहेका छन् । जसमा २ लाख ५८ हजार ७ सय ८३ जना पुरुष, २ लाख ६३ हजार ८ सय १३ जना महिला र ८३ जना तेस्रो लिङ्गी रहेका छन् ।

त्यस्तै, जिल्लामा २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र कायम गरिएको छ । उम्मेदवारी दर्तालाई मध्यनजर गर्दै रुपन्देही प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

रुपन्देहीमा प्रतिनिधिसभा सदस्यका लागि ५ र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment