Comments Add Comment

बैंकहरुको नाफाकाे वृद्धि सुस्तियो, ११ वटाले कमाए ४ अर्ब नाफा


१७ कात्तिक, काठमाडौं । सञ्चालनमा रहेका २८ वाणिज्य बैंक मध्ये ११ बैंकले पहिलो त्रैमासमा ४ अर्ब रुपैयाँ नाफा गरेका छन् । बैंकहरुको नाफा ११ प्रतिशतले नै बढेको हो ।

चुक्ता पूँजीमा वृद्धि, बढि लागतमा निक्षेप संकलन र स्प्रेड दर घटेको कारण बैंकहरुको नाफा घटेको हो । वित्तीय विवरण प्रकाशित गरेका मध्ये हिमालयन बैंक, मेगा बैंक र सिटिजन्स बैंकको नाफा घटेको हो ।

बैंकहरुको मुख्य आम्दानीको स्रोत खुद व्याज आम्दानीमा खासै वृद्धि हुन सकेको छैन् । समग्रमा ८ अर्ब ३५ करोड खुद नाफा कमाएका बैंकहरुको यो आम्दानीमा १३ प्रतिशतले वृद्धि भएको हो । हिमालयन, मेगा र एनएमबी बैंकको यस्तो आम्दानीमा पनि कटौती भएको छ ।

त्यस्तै बैंकहरुको सम्भावित जोखिम अघिको सञ्चालन नाफा पनि १३ प्रतिशतले बढेर ७ अर्ब ३४ करोड पुगेको छ । यसले बैंकहरुले प्रभिजनिङ तथा राइट ब्याक नगरिकन भएको नाफा देखाउँछ । बैंकहरुले प्रोभिजनिङ पहिलेभन्दा घटाएर वा राइटब्याक धेरै भएको देखाएर पनि नाफा बढि भएको देखाउने गर्छन् । यो सूचकले भने वास्तविक नाफा देखाउछ ।

अहिले बैंकहरुमा पोहोरको तुलनामा कर्जा महंगो भएको उनीहरुले प्रकाशित गरेको आधार दर (बेस रेट)ले देखाउँछ । गत वर्ष औसतमा आधार दर ६ प्रतिशत हाराहारीमा रहेकोमा यस असोजमा भने यो दर औसतमा ९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment