Comments Add Comment

‘फाटेको जुत्ता’को सुखद ओपनिङ, हल-हलमा पुगे सौगात


करिअर नै गम्भिर मोडमा रहेपछि नायक सौगात मल्लले यसपटक चलचित्र ‘फाटेको जुत्ता’को प्रचारमा निकै राम्रो साथ दिए । चलचित्र चल्नु अगाडिदेखि नै प्रचारमा दौडिएका सौगात चलचित्र रिलिज भएपछि पनि शनिबार दिनभर विभिन्न हलमा पुगे ।

नायिका प्रियंका कार्कीले चलचित्रको प्रचारमा खासै साथ नदिएको समयमा सौगात भने यसपटक स्वार्थी देखिएनन् । उनको करिअरका लागि पनि यो चलचित्र महत्वपूर्ण छ । उनी, काठमाण्डौका मल्टिप्लेक्सदेखि सिंगल हलमा पुगे र दर्शकसँग सेल्फी खिचाए । दर्शकको भिड हलमा देखिएपछि उनी उत्साहित देखिएका थिए ।

निर्माता अर्जुन कुमारले आफ्नो चलचित्रको व्यापार शुक्रबार ७० प्रतिशत अकुपेन्सीमा रहेपनि शनिबार भने आक्रामक भएको बताए । अर्जुनका अनुसार चलचित्रले २ दिनमा नै करोड ग्रसको व्यापार गरेको छ ।

मल्टिप्लेक्समा उच्च शो पाएको चलचित्रले शनिबार दिनभर नै हाउसफूलको व्यापार गर्‍यो । काठमाण्डौको गोपिकृष्ण हललाई भने १० लाख ५० हजारमा चलचित्र फिक्समा वेचेको अर्जुनले बताएका छन् ।

चलचित्रले काठमाण्डौ बाहिरका हेटौडा, विगरञ्ज, चितवन लगायतका स्थानमा पनि राम्रो व्यापार गरेको छ । मधेसको कथालाई उठान गरेकाले पनि मधेस भेगमा चलचित्रको व्यापार बम्पर भएको दाबी अर्जुनको छ ।

शुक्रबार र शनिबार नै चलचित्रले १ करोड माथिको व्यापार गरेपछि अर्जुन उत्साहित छन् । निकेश खड्काले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, बर्षा राउत, दयाहाङ राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

यस्तै, अर्जुनले विदेशबाट आफूलाई ६७ लाख रुपैयाँ आइसकेको बताए । जापान, अष्ट्रेलिया, जर्मन, दक्षिण कोरिया, पोल्याण्ड, डेनमार्क, हङकङ लगायतका देशमा चलचित्र विक्री भैसकेको र विभिन्न देशमा शो समेत भैसकेको छ । चलचित्रले इनिसियल व्यापार गरेको छ । आइतबार चलचित्रले गर्ने व्यापारबाट यसको लाइफटाइम कलेक्शन आँकलन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment