चलचित्र ‘सकस’ कात्तिक २४ गतेबाट रिलिज हुँदैछ । काठमाण्डौमा हुने गरेको डनगिरी र हत्याको प्रसंगलाई चलचित्रले उठान गरेको छ । एनबी महर्जनले चलचित्रको निर्देशन गरेका हुन् ।
यो चलचित्रमा समावेश ‘शिला गजब छ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जुनु रिजालको स्वर, केशव जोशीको शब्द, चेतन सापकोटाको संगीत रहेको यो आइटम गीतमा पि्रया रिजाललाई फिचरिङ गरिएको छ । साथमा, चलचित्रका मुख्य कलाकार प्रज्वल गिरी, सुनिल दत्त पाण्डे र सुन्दर श्रेष्ठलाई भने भिडियोमा देख्न सकिन्छ ।
समिर मियाले कोरियोग्राफी गरेको गीतमा कृष्ण श्रेष्ठको छायांकन छ । चलचित्रमा गौतमराज खड्काको सम्पादन, मौनता श्रेष्ठको लेखन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4